छोरालाई महाभारत पढ्न प्रेरणा दिन्छन् शाहरुख खान

बलिउड स्टार शाहरुख खानलाई लाग्छ कि, धर्म व्यक्तिगत कुरा हो । उनलाई लाग्छ, आफ्ना बच्चाले आफै यो बारेमा बुझ्न सकुन् । शाहरुख खानले ईदको दिन मिडियालाई बताउँदै आफ्नो छोरालाई सबै धर्मको आदर गर्न सिकाएको बताए ।

‘धर्म व्यक्तिगत कुरा हो, तपाई आफैले आफ्नो धर्मको बारेमा मान्ने हो ।’ शाहरुखले भनेका छन् ।


Advertisement

शाहरुखले अन्तर्वाताकै क्रममा अहिले आफूले महाभारत पढ्दै गरेको बताएका छन् । उनले आफूले पछिल्लो डेढ वर्षदेखि महाभारत पढिरहेको बताएका छन् ।

साथै उनले महाभारतको कथा मन परेको र उक्त कथा आफ्नो छोरा अबरामलाई सुनाउने गरेका छन् । त्यस्तै उनले अन्य धर्मका बारेमा पनि सिकाउँदै आएका छन् ।

शाहरुख तीन बच्चाका बुबा हुन् । आर्यन, सुहानी र अबरामका यी बाबुले बलिउडमा २५ वर्ष बिताइसकेका छन् । आफूले २५ वर्ष पूरा गरेको भन्दै सामाजिक सञ्जालमार्फत धन्यवाद पनि दिएका थिए ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्