माघ १५, २०८०
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
फागुन ३, २०७७
माघ १२ गते दाङमा नेकपा (ओली समूह) ले आयोजना गरेको सभामा सम्बोधन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओली सोचेजस्तो जनसहभागिता नभएपछि सन्तुष्ट भएनन् । जुनकुरा उक्त पार्टीकै नेताहरूले अनौपचारिक कुराकानीमा स्वीकार्छन् ।
लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीस्थित राप्ती नदीमा बनेको पुल उद्घाटनपछि ओली पार्टी कार्यकर्ता भेला तथा आमसभालाई सम्बोधन गरेका थिए ।
त्यसको तीन दिनपछि नेकपा (प्रचण्ड–नेपाल) समूहले प्रतिनिधि सभा विघटनविरुद्व बुटवलमा विरोध सभा गर्यो ।
सभामा सोचेभन्दा बढी मानिस सहभागी भएपछि (प्रचण्ड–नेपाल) समूह हौसियो । अझै बुटवलको सभाले ओलीलाई ‘काउन्टर’ दिएको भनेर प्रचण्ड–नेपाल समूहका नेताहरूले दाबी समेत गर्न भ्याए ।
बुटवलमा अर्को समूहको सभा देखेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले १३ कठ्ठा जग्गामा भएको सभा ठूलो देख्नेले फागुन १ गते बुटवलमा हुने सभा कस्तो हुन्छ थाहा पाउनेछन् भनेर सामाजिक सञ्जालमा पोस्ट गरे ।
काठमाडौंमा अहिलेसम्मकै ठूलो सभा भनेर माघ २३ गते ओली समूहले आयोजना गरेको सभामा फेरि ओलीले भने, ‘यो त ‘कास्टिङ’ मात्रै हो सभा हेर्न फागुन १ गते बुटवल आउनू ।’
पार्टी विभाजनपछि नेकपाका दुवै समूह शक्ति प्रदर्शनमा उत्रिएका छन् ।
काठमाडौंमा माघ २८ गते प्रचण्ड–नेपाल समूहले शक्ति प्रदर्शन गर्यो ।
उक्त सभामा पनि जनताको उल्लेख्य सहभागिता देखेपछि मुख्यमन्त्री पोखरेलले त्यसलाई देशभरको उपस्थिति भन्दै एउटा प्रदेशको सभा कस्तो हुन्छ भनेर हेर्न बुटवल आउन फेसबूकमार्फत निम्ता दिए ।
फागुन १ गते बुटवलमा भएको सभापछि ओली समूह उत्साहित बनेको छ ।
देशको संघीय राजधानीमा भएको सभाकै हाराहारीमा प्रदेशको अस्थायी राजधानीमा सभा गर्न सफल भएपछि नहौसिने कुरै भएन ।
सभामा सम्बोधन गर्ने नेताहरू भने, ‘नेकपा विभाजन भएको होइन । केही स्वार्थ समूह मात्र पार्टीबाट बाहिरिएका हुन् । नेता बाहिरिए पनि कार्यकर्ता मूल पार्टीमै छन् ।’
ओली समूहले जन सभामा दुई लाख मानिस सहभागी भएको दाबी गरेको छ ।
राष्ट्रिय राजनीतिमा बुटवलको स्थान
पश्चिम नेपालको प्रमुख केन्द्र तथा लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलमा हुने सभा सम्मेलन र प्रदर्शनले राष्ट्रिय महत्त्व र अर्थ राख्ने गर्छ ।
नेकपा विभाजनपछि दुवै समूहमा प्रभावशाली नेता रहेको लुम्बिनी प्रदेशको केन्द्र बुटवललाई शक्ति प्रदर्शनको केन्द्र बनाइयो ।
त्यस्तै दुई वर्षअगाडि नेपाली कांग्रेसले लुम्बिनी प्रदेश (साविक ५ नम्बर प्रदेश) को स्थायी राजधानी बुटवललाई नै कायम गरिनुपर्छ भनेर गरेको सभामा पनि हजारौं जनता सहभागी थिए ।
त्यो बेलामा पनि कहाँबाट बुटवलमा यतिधेरै जनता आए भन्ने ठूलो चर्चाको विषय बनेको थियो ।
२०७४ मा प्रदेश विभाजन गर्न लागिएको भन्दै बुटवलमा आयोजित विरोध सभामा लाखौं जनता सहभागी भएर आन्दोलन गरेपछि सरकार बाध्य भएर लुम्बिनी प्रदेशका केही जिल्ला फेरबदल गर्ने निर्णयबाट पछाडि हट्न बाध्य भएको थियो ।
२०६२/०६३ को ऐतिहासिक जनआन्दोलनअघि मंसिर ४ गते बुटवलमा तत्कालीन एमालेले गरेकै स्थानमा नेकपा ओली समूहले १ गते सभा गरेको हो ।
२०६२ मंसिर ४ गतेको जनप्रदर्शनले जनआन्दोलनको रूप लियो भने यसपालिको जनप्रदर्शनले ताजा जनादेशमा जाने माहोल बनेको ओली पक्षको दाबी छ ।
राजनीतिक विश्लेषक ऋषि आजादले बुटवलमा आयोजना गरिने ठूला सभा सम्मेलनले नयाँ सन्देश दिने गरेको बताए ।
‘बुटवल आफैंमा सहज पहुँच भएको शहर हो,’ आजादले भने, ‘यहाँबाट गुल्मी, पाल्पा, अर्घाखाँची नजिकै पनि छन् । बुटवलको आन्तरिक जनसंख्या पनि धेरै छ । ५० प्रतिशत जनता बुटवल शहर हेर्ने रहरले पनि बुटवलका कार्यक्रममा आउँछन् ।’
आजादले थपे, ‘अस्तिको कार्यक्रममा २०६२/०६३ को जनआन्दोलनमा भन्दा बढी मानिस बुटवलमा जुटेका थिए । २०३६, २०४६ र जनआन्दोलनमा पनि बुटवलले राष्ट्रिय महत्त्व पाएको थियो । ओली समूहको कार्यक्रमले पनि त्यतिकै महत्त्व पायो । यहाँका सभा सम्मेलन ऐतिहासिक हुने गर्छन् ।’
बुटवलमा हिमाल, पहाड र तराईबासी जनताको समावेशी बसाइ छ । बुटवलले खासखास अवसरमा राष्ट्रिय मुद्दामा नेतृत्वदायी भूमिका निर्वाह गर्ने गरको विश्लेषकहरू बताउँछन् ।
लुम्बिनी प्रदेशअन्तर्गत साविक लुम्बिनी अञ्चलमा नेकपा महासचिव विष्णु पौडेलको राम्रो प्रभाव छ । पौडेलले बुटवलमा तीनपटक लगातार चुनाव जितेर ‘ह्याट्रिक’ गरिसकेका छन् । रुपन्देहीमा पौडेलले गरेका विकास निर्माणको कामको मुक्तकण्ठले प्रशंसा हुने गरेको छ ।
फागुन १ गतेको बुटवलको सभाले मुलुकलाई ताजा जनादेशतर्फ लैजान स्पष्ट सन्देश दिएको नेकपा नेताहरू बताउँछन् ।
नेकपा ओली समूहका नेता गोपाल रानाले कार्यक्रममा आफूहरूले लिएको लक्ष्यअनुसार नै जनता सहभागी भएको बताए ।
उनले भने, ‘बुटवलको सभाले राष्ट्रिय सन्देश दियो । जनता ओली सरकारको पक्षमा छन् । मुलुकले निर्वाचन खोजेको सन्देश दियो ।’
जनसहभागिताको अर्को कारण !
बुटवलसँग जोडिएको नेपाल–भारत बेलहिया (सुनौली) नाकाबाट दैनिक ५० हजारभन्दा बढी मानिस ओहोरोदोहोर गर्छन् ।
त्यसको प्रभाव पनि बुटवलका सभाहरूमा देखिने गरेको विश्लेषकहरू बताउँछन् । राजनीतिक विश्लेषक दिल साहनीले मानिस जम्मा हुँदैमा त्यही पार्टीकै हुुन् भन्न नमिल्ने बताए ।
‘शक्ति ओली, प्रचण्ड–नेपाल र कांग्रेससँग पनि छ,’ साहनीले भने, ‘कार्यक्रममा नेताहरूले भ्रम छरेर मान्छे जुटाउँछन् । जनता कसका हुुन् भन्ने थाहा हुुँदैन । मान्छे आए भन्दै सबै मेरा कार्यकर्ता हुुन् भनेर नेताहरूले बुझ्नु हुुँदैन ।’
साविक लुम्बिनी अञ्चलमा पूर्व एमाले तथा साविक राप्ती र भेरीमा पूर्व माओवादीको प्रभाव बढी देखिन्छ ।
एकीकृत हुँदा लुम्बिनी अञ्चलमा नेकपा निकै बलियो बनेको थियो । विभाजित भएपछि एकअर्काविरुद्ध शक्ति प्रदर्शन गर्न पनि दुवै पक्षले बुटवललाई भरपुर उपयोग गरिरहेको देखिन्छ ।
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...