नेकपा प्रचण्ड-नेपाल पक्षद्वारा मानव साङ्लो बनाएर टुँडिखेल घेराउ [LIVE]

विश्वास खनाल
विश्वास खनाल

खनाल लोकान्तरका मल्टिमिडिया संवाददाता हुन् ।

प्रतिनिधि सभा विघटनविरुद्ध चौथो चरणको आन्दोलनअन्तर्गत नेकपा प्रचण्ड-माधव नेपाल समूहले मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गरेको छ ।

यसअघि विरोध सभा तथा आमहड्तालसहित तीन चरणको आन्दोलन गरिसकेको प्रचण्ड-नेपाल समूहले मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गरेको हो ।


Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड-नेपाल पक्ष आन्दोलित छ ।

प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेपनि प्रचण्ड-नेपाल पक्षले देशव्यापी रूपमा विरोध प्रदर्शन गर्दै आएको छ ।


Advertisement

हेर्नुहोस्, मानव साङ्लो :

विश्वास खनाल
विश्वास खनाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्