×

NMB BANK
NIC ASIA

काभ्रे जिल्लाको भकुण्डेबेसी क्षेत्रमा क्रेनले इँटा भट्टाका चिम्नी भत्काएका समाचार र तस्वीरले गत वर्षको भदौ महिनामा सामाजिक सञ्जाल रंगिएको थियो । 

Muktinath Bank

सामाजिक सञ्जाल मात्र होइन, पर्यावरणमा चासो राख्ने राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाको ध्यान खिच्ने काम गर्‍यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नगरपालिका क्षेत्रमा रहेका ८ वटा इँटा भट्टामा फिल्मी शैलीमा केहीबेरमै ढले । धेरै हल्ला भयो भने भत्काउन सकिँदैन भनेर डोजर चलाउनु एक घण्टाअघि मात्र पत्रकारहरूलाई खबर गरिएको थियो । 


Advertisment
Nabil box
Kumari

तस्वीर स्रोत : सामाजिक सञ्जाल

Vianet communication
Laxmi Bank

काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने बीपी राजमार्गको धुलिखेल–बर्दिबास खण्डको नमोबुद्ध नगरपालिकाको दायाँबायाँ भकुण्डेबेसी एउटा वैकल्पिक शहरको रूपमा विकास हुँदैछ । 

धुलिखेलबाट २० किलोमिटरको दूरीमा रहेको भकुण्डेबेसीको सानो उपत्यका इँटा भट्टाले प्रदूषणको ताल बन्दै थियो । उद्योग मन्त्रालय मात्र होइन प्रधानमन्त्री र राष्ट्रपति कार्यालयबाट समेत दबाब थियो । 

तर त्यहाँका जनप्रतिनिधि दबाबसामु झुकेनन् । 

२०७६ भदौ ९ गते इँटा भट्टामा डोजर चल्यो । जसको नेतृत्व गरेका थिए, नमोबुद्ध नगरपालिकाका मेयर टीपी शर्मा तिमल्सिनाले । 

‘उद्योगी, व्यापारी, चेम्बर, उद्योग मन्त्रीदेखि भीभीआईपीको नाम लिएर दबाब आएका थिए, दबाब र धम्की थेग्न सक्ने खालका थिएनन्,’ मेयर शर्माले स्मरण गरे । 

रोचक के भयो भने इँटा भट्टा भत्केको पर्सिपल्ट अदालतले नभत्काउनु भन्ने आदेश दियो । यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । 

स्थानीय तहमा दूरगामी असर गर्ने काम स्थानीय तहको कार्यपालिकाले निर्णय गरेर मात्र गर्न पाइने संविधानमा भएको व्यवस्थालाई टेकेर उनले इँटा भट्टामा डोजर चलाउने निर्णय लिए ।

‘यहाँ ८ वटा इँटा भट्टा थिए, उनीहरूलाई हामीले विकल्प लिएर आऊ कुनै ठाउँमा जमिनको व्यवस्था गर्छौं भनेर भनेका थियौं । उनीहरूले व्यक्तिगत नाफाबाहेक केही सोचेनन्,’ तिमल्सिनाले लोकान्तरसँग भने, ‘जनताको

स्वास्थ्यभन्दा अरू ठूलो कुरा हुँदै सक्दैन, जनताको जीवनको तुलनामा इँटा भट्टा गौण हो भनेर भत्कायौं ।’

स्थानीयका अनुसार इँटा भट्टामा प्रयोग गरिएको कोइलाको धुवाँका कारण सर्वसाधारणलाई श्वास फेर्न समेत कठीन हुने अवस्था सिर्जना भएको थियो । त्यो समस्या अहिले समाधान भएको छ । 

विकास निर्माणका लागि इँटा आवश्यक पर्ने र यसका लागि मापदण्ड पूरा गरेर आएमा नगरपालिकाकै अन्य भेगमा भट्टा सञ्चालनका लागि ठाउँ उपलब्ध गराउने मेयरको प्रतिबद्धता छ ।

८ वटा इँटा भट्टालाई एक अर्कासँग गाभिएर थोरै संख्यामा सञ्चालन गर्न नगरपालिकाले विकल्प सुझाएको छ । 

इँटा भट्टामा डोजर चलाएर परिचित बनेका मेयर तिमल्सिनाले शहरउन्मुख यस ठाउँमा अरू पनि केही उदाहरणीय काम गरेका छन् । लामो समय काठमाडौंमा पत्रकारिता गरेका तिमल्सिना पछिल्लो समय गाउँमै गएर राजनीति र समाजसेवामा तल्लिन छन् ।

आलीदेखि थालीसम्म, गोठदेखि ओठसम्म 

नगरपालिकाले आफ्नो क्षेत्रमा उत्पादन भएर धुलिखेलदेखि बनेपा र काठमाडौंसम्म जाने तरकारी र दूधलाई खान योग्य बनाउनका लागि विभिन्न अभियान सञ्चालन गरेको छ ।

‘आलीदेखि थालीसम्म, गोठदेखि ओठसम्म’ नारा दिइएको यो अभियानले नमोबुद्ध नगरपालिकामा उत्पादित तरकारी, फलफूल र दूध खानको लागि योग्य हुने मेयर शर्माको दाबी छ । 

‘किसानको खेतबारीमा उत्पादन गरेको तरकारी उपभोक्ताको खानाको थालीसम्म पुग्ने खालको हुनुपर्छ भनेर अर्ग्यानिक खेतीका लागि जोड दिएका छौं,’ मेयर शर्माले भने, ‘यहाँबाट काठमाडौं जाने दूध खानयोग्य होस् भनेर प्लास्टिकको ड्रमको सट्टा स्टिलको ड्रम प्रयोग गर्नुपर्ने र गोठदेखि दूध संकलन केन्द्रसम्मको सरसफाइलाई उत्तिकै महत्त्व दिएका छौं ।’

नमोबुद्ध नगरपालिकामा उत्पादित तरकारी विषादीमुक्त रहेको उनले दाबी गरे । 

५ हजार वृद्धलाई लौरो र टर्चलाइट उपहार 

नगरपालिकाले सबै वडाका वृद्धवृद्धालाई एउटा लौरो र टर्चलाइट उपहार दियो । ‘स्थानीय सरकारले वृद्धवृद्धालाई हेर्छ है भनेर सन्देश दिनका लागि लौरो र टर्चलाइट उपहार दिएका हौं । सानो उपहारबाट वृद्धवृद्धा धेरै खुशी हुनुभयो,’ शर्माले भने ।

वृद्धवृद्धालाई राति उठ्नु पर्दा सहारा होस् भनेर सिरानीमुनि राख्नको लागि लाइटको व्यवस्था गरिएको उनी बताउँछन् । आफ्ना वृद्धवृद्धा अभिभावकहरूलाई बेवास्ता गर्ने र वृद्धाश्रम पठाउने विकृत संस्कृति भित्रिएको नमोबुद्ध नगरपालिकाले सासु ससुरालाई स्याहार गर्ने बुहारीका लागि ‘बुहारी सम्मान’ कार्यक्रमको अवधारणा अगाडि सारेको छ । यसलाई अभियानकै रूपमा विस्तार गरिने मेयर शर्माले बताए । 

लकडाउनमा दीर्घ रोगीलाई घरमै औषधि

मेयर शर्माले नगरपालिकाबाट प्राप्त हुने सेवा सुविधाबाट ७ जना विद्यार्थीलाई पढाइरहेका छन् । ती मध्ये ४ जनाले प्लस टु साइन्स पढिरहेका छन् भने ३ जना स्कूल पढ्दैछन् । 

मेयर शर्माले झाडीमा भेटिएर बनेपामा मानव सेवा केन्द्र बनेपामा रहेकी एक बेवारिस शिशुको अभिभावकत्व ग्रहण गरेका छन् ।

सामाजिक कार्यमा सक्रिय मेयर शर्माले लकडाउनको समयमा पैदल यात्रामार्फत काठमाडौंबाट रामेछाप हिँडेकी एक गर्भवती महिलालाई उद्धार गरेर धुलिखेल अस्पतालमा लगेर पाँच दिन उपचार गराएर गाडीमार्फत घरसम्म पुर्‍याइदिएका थिए ।

‘लकडाउनको समयमा दीर्घ रोगीलाई घरमै औषधि पुर्‍याउने व्यवस्था गरेका थियौं,’ मेयर शर्माले भने ।

विवाह दर्ता गर्दा दुई रुख रोप्नु पर्ने 

हरियाली बढाएर पर्यावरणीय सन्तुलन कायम राख्न नगरपालिकाले विवाह दर्ता र मृत्यु दर्ता गर्न आउँदा दुईवटा बिरुवा रोप्नुपर्ने अभियान सञ्चालन गर्दैछ । ‘मृत्युपछि दाह संस्कारका क्रममा दुईवटा रुख बराबरको दाउरा खपत हुने भएकाले आफ्ना आमाबुवा या आफन्तको मृत्यु हुँदा उनीहरूलाई सम्झेर आफ्नै कम्पाउन्डमा दुईवटा रुख बिरुवा रोप्दा वातावरणीय सन्तुलन हुन्छ भनेर यो नारा शुरू गरेका हौं,’ मेयर शर्माले भने । 

नवविवाहिता जोडीलाई पनि रुख रोप्न प्रेरित गर्ने गरिएको उनले बताए । मेयर शर्मा कसैको विवाहमा जाँदा खाम भन्दा पनि बिउको प्याकेट दिने गरेको स्मरण गर्छन् ।

जसले आफूलाई पाले भन्न रुचाउँछन्

पञ्चायतको कठीन समयमा काठमाडौंमा पत्रकारिता गरेका तिमल्सिना २०५४ सालपछि गाउँ फर्के । काठमाडौंबाट गाउँ फर्किनु पर्नाको कारणबारे उनले निकट भविष्यमा आत्मकथा ल्याउँदैछन्, ‘खाल्डोमा नअटाएको मान्छे’ । गाउँमा फर्केर उनले कुखुरापालन लगायतका व्यवसाय र समाजसेवा गरे । 

मेयर शर्मा लगायतले यो क्षेत्रलाई नगरपालिका बनाउनु पर्छ भन्दै अभियान शुरू गरे । २०७१ सालमा नगरपालिका बन्यो, नाम रह्यो दाप्चा काशीखण्ड । मेयर शर्मा चुनाव जितेर आएपछि नगरपालिकाको नाम नमोबुद्ध राखियो ।

मेयर निर्वाचित भएर आएपछि शर्माले केही सुधारको काम गरिरहेको सेवाग्राही स्थानीय रामप्रसाद अधिकारीले बताए । 

नगरपालिकाभित्रका सडकको स्तरोन्नति गर्ने, कालोपत्रे गर्ने लगायत कामलाई तीव्रता दिइएको स्थानीयहरू बताउँछन् । 

कम्तिमा पनि २५ वर्षका लागि साँघुरो नहुने गरी नगरपालिकाको कार्यालय भवन बनाइएको मेयर शर्माले बताए ।

सेवाग्राहीका लागि निःशुल्क इन्टरनेटका साथै तातोपानी र चियाको व्यवस्था गरिएको छ । ‘नगरवासीको सेवा गर्छु भनेर निर्वाचित भएकाले मैले आफूलाई नगरवासीको पालेको रूपमा लिने गरेको छु,’ मेयर शर्माले भने । 

२०७४ सालमा भएको स्थानीय तहको चुनावमा उनी तत्कालीन नेकपा एमालेका तर्फबाट विजयी भएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x