यी हुन् संसारकै सबभन्दा सुन्दर युवती !

इजरायलमा जन्मेकी १९ वर्षीया मोडल येल शेल्बियालाई टीसी क्यालेन्डरको संसारका सबभन्दा सुन्दर अनुहारको वार्षिक सूचीमा पहिलो स्थान प्राप्त भएको छ । 

इन्स्टाग्राममा १इ लाखभन्दा बढी फलोअर भएकी येल विलासी जीवनशैलीका कारण चर्चित छिन् । तर यस जीवनशैलीका कारण उनले अन्लाइनमा घृणाको पनि सामना गर्नुपरिरहेको हुन्छ । 
 


Advertisement

येलले १६ वर्षको उमेरदेखि मोडलिङ थालेकी हुन् । एक स्थानीय फोटोग्राफरले इन्स्टाग्राममा उनका तस्वीरलाई नोटिस गरेपछि फोटोशूटमा भाग लिन लगाए । त्यसपछि उनको मोडलिङ करीयर शुरू भयो । 
 

येल अहिले ३६ वर्षीय अर्बपति ब्रान्डन कोर्फलाई डेटिङ गरिरहेकी छन् । उनले किम कार्दाशियान र काइली जेनर जस्ता सेलेब्रिटीको स्किन रेन्ज प्रोडक्ट्सका लागि मोडलिङ पनि गरेकी छन् । फूटबलर लियोनल मेस्सीसँग ​पनि उनले काम गरिसकेकी छन् । 


Advertisement

आफूलाई अन्लाइनमा प्रशंसा र निन्दा दुवै आउने गरेको उनी बताउँछिन् । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्