×

NMB BANK
NIC ASIA

तिमी बिस्तारै बिस्तारै मर्न थाल्छौ [कविता]

फागुन ८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel
  • मार्था मेडेरोज

तिमी बिस्तारै बिस्तारै मर्न थाल्छौ
यदि गर्दैनौ भने कुनै यात्रा
पढ्दैनौ भने कुनै किताब
सुन्दैनौ भने जीवनको ध्वनि
गर्दैनौ भने कसैको तारिफ ।

Muktinath Bank

तिमी बिस्तारै बिस्तारै मर्न थाल्छौ
जब तिमी मार्छौ आफ्नो स्वाभिमानलाई
जब गर्न दिन्नौ आफ्नो सहयोग अरुलाई
र गर्दैनौ अरुको सहयोग ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तिमी बिस्तारै बिस्तारै मर्न थाल्छौ
जब बन्छौ आफ्नो बानीको दास
जब हिँड्छौ सधैं एउटै बाटो
कहिल्यै फेर्दैनौ आफ्नो दैनिक नियम व्यवहार
कहिल्यै लगाउँदैनौ अलगअलग रंगका कपडा
जब कहिल्यै बोल्दैनौ अपरिचित र अनजानसँग ।


Advertisment
Nabil box
Kumari

तिमी बिस्तारै बिस्तारै मर्न थाल्छौ
जब तिमी महसूस गर्न थाल्छौ आवेगहरूलाई
र त्यससँग जोडिएको अशान्त भावनालाई
जसले भिजाइदिन्छ तिम्रा आँखाहरू
र बढाइदिन्छ तिम्रो मुटुको ढुकढुकीलाई ।

Vianet communication
Laxmi Bank

तिमी बिस्तारै बिस्तारै मर्न थाल्छौ,
जब तिमी बदल्न सक्दैनौ आफ्नो जिन्दगीलाई
जब तिमी असन्तुष्ट हुन्छौ आफ्नो काम र परिणामबाट
यदि तिमी अनिश्चितताको लागि निश्चिततालाई छोड्न सक्दैनौ भने
यदि तिमी कुनै सपनाको पीछा गर्दैनौ भने
यदि तिमी कुनै समझदारको सल्लाह लिनबाट सधैं भाग्छौ भने ।
तिमी बिस्तारै बिस्तारै मर्न थाल्छौ ।

(ब्राजिलियन कवि मार्था मेडेरोजको Fading Slowly नोबेल पुरस्कार विजेता स्पेनिश कवि पाब्लो नेरुदाको ‘यू स्टार्ट डाइङ स्लोली’ कविताका रूपमा पनि प्रचारित छ ।)

* (यस कविताको वास्तविक लेखक मार्था मेरेडोज हुनुपर्नेमा पाब्लो नेरुदा उल्लेख भएकाले सच्याइएको छ ।)

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x