पुस १०, २०८०
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
फागुन ८, २०७७
बझाङको खप्तड छान्ना गाउँपालिका–२ देहलीका जंगबहादुर थापा र राइकोशा थापाका लगातार ३ छोरी भइन् । छोरा पाउने व्यग्र इच्छा थियो थापा दम्पतीलाई ।
जंगबहादुर ५१ वर्षका भइसकेका थिए भने पत्नी राइकोशाको पनि सन्तान उत्पादन गर्न सक्ने क्षमता हराउँदै गइसकेको थियो । उमेरले ४५ वर्षमा टेकेकी उनको महिनावारी रोकिसकेको थियो तर छोरा पाउने आशा भने रोकिएको थिएन ।
जंगबहादुर छोरा पाउने आशमा धामीझाँक्रीसम्म पुगे, कसैलाई पनि बाँकी नराखेर हेराउन थाले । देवीदेवता पाठपूजा सबै लगाए थापा दम्पतीले तर पनि इच्छा पूरा हुन सकिरहेको थिएन ।
गाउँले सबैको सल्लाहले छोरा पाउने आशमा थापा दम्पती नेपाल–भारतका प्रसिद्ध धार्मिक स्थलको दर्शनमा निस्किए । त्यसको केही समयपछि जन्मिए अर्जुन थापा ।
हाल सुदूरपश्चिम प्रदेशका सभामुख रहेका अर्जुन थापाले भने, ‘मलाई त तीर्थको प्रसाद भन्छन् । जीवनको उत्तराद्र्धमा धेरै तपस्या गरेर मेरा बुवाआमाले छोराको रूपमा मलाई प्राप्त गर्नुभएको हो ।’
व्यग्र प्रतीक्षापछि जन्मिएकाले अर्जुनले सबैबाट माया पाए । ‘बाल्यकाल सुखमय भयो, पढाउनुपर्छ भन्ने चेतना कसैमा थिएन त्यत्तिखेर तर मलाई भने स्कूल पढ्ने सौभाग्य मिल्यो,’ उनले भने ।
त्यतिबेलाको समाज अनुसार ९ वर्षको बाल्यकालमै वैवाहिक जीवनमा बाँधिए थापा । ‘म ९ वर्षको हुँदा बिहे भएको थियो,’ विगत सम्झिँदै उनले भने, ‘श्रीमती देवसराको उमेर मभन्दा ३ वर्ष जेठो थियो । मसँग विवाहको फोटो पनि छैन । जीवनको उत्तराद्र्धमा पाएको छोराबुहारी हेर्ने धोको र जति चाँडो बिहे गरी दियो पुण्य कमाइने अन्धविश्वासका कारण मेरो बिहे भएको रहेछ ।’
२०३२ सालमा सभामुख थापा दम्पतीबाट पहिलो सन्तानको रूपमा छोरी भइन् । त्यसको ५ वर्षपछि अर्की छोरीले जन्म लिइन् । २०४४ सालमा थापा परिवारमा छोराको जन्म भयो । ३ सन्तानकी आमा बनेकी देवसरा निकै खुशी थिइन् । तर त्यो खुशी धेरै टिक्न सकेन, त्यसको केही समयपछि उनको स्वास्थ्यमा समस्या देखिन थाल्यो ।
‘चेकजाँचपछि मात्रै थाहा भयो, उनी क्यान्सरको शिकार भइसकेकी रहेछन्,’ थापाले भने, ‘उपचार गरेर धेरै जोगाउने प्रयास गरे, धेरै ठाउँमा उपचारका लागि लगे उनको अवस्थामा कुनै सुधार आएन ।’
पहिलो विवाह गरेको ११ वर्षमा थापाले दोस्रो विवाह गरे । दोस्रो विवाहपछि पहिलो पत्नीसँग पनि उत्तिकै राम्रो सम्बन्ध थियो । पहिलो पत्नीको २०५५ कात्तिक ५ गते उपचारको क्रममा मृत्यु भयो । ‘श्रीमतीलाई बचाउने प्रयास गरे तर मेरो प्रयास असफल भयो,’ उनले भने, ‘४४ वर्षको उमेरमा उनले प्राण त्याग गरिन् ।’
सभामुख थापाले अध्ययनपश्चात् अध्यापन पेशा अँगाले । २०२८ सालदेखि २०४० सालसम्म निम्न माध्यमिक विद्यालयको प्रधानाध्यापक उनी । २०४३ देखि २०५५ सालसम्म माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सम्हाले । शिक्षकसँगै संगठनमा पनि संलग्न थापाले नेपाल शिक्षक संगठन बझाङको सहसचिव, अध्यक्ष, केन्द्रीय कमिटी सदस्य, नेपाल बुद्धिजीवी परिषद् बझाङको संस्थापक अध्यक्ष, मदन स्मृति सामुदायिक पुस्तकालय पानकोट बझाङको संस्थापक अध्यक्षको जिम्मेवारी पनि सम्हाले ।
थापा विद्यालयको प्रधानाध्यापक भएपनि उनकी दोस्रो पत्नी पावसरा अशिक्षित थिइन् । त्यसपछि उनले पत्नीलाई पनि अक्षराम्भ गराए । पत्नीलाई उनले शिक्षा मात्रै दिएनन्, सामाजिक र राजनीतिक यात्रामा पनि सँगै हिँडाए ।
२०७४ सालको स्थानीय तहको चुनावबाट पावसार खप्तड छान्ना गाउँपालिकाको उपाध्यक्षमा १ मतले विजयी भइन् ।
राजनीतिसँगै अर्जुनको लेखन यात्रा
शिक्षण पेशा छाडेर राजनीतिमा होमिएका थापा २०५६ सालको आमनिर्वाचनमा तत्कालीन नेकपा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार बने । निर्वाचनमा पराजित भएपछि फुर्सदिला बनेका थापाले लेखन यात्रा शुरू गरे । २०६० सालमा ‘कम्युनिस्ट आन्दोलनको एक झलक (विश्व–नेपाल –बझाङ)’ प्रकाशन गरे ।
२०६९ सालमा उनले ‘मार्क्सवादको सिर्जनात्मक प्रयोग जनताको बहुदलीय जनवाद’ पुस्तक प्रकाशन गरे । त्यसपछि उनले २०७७ फागुन ६ गते बिहीवार आफ्नै जीवन गाथामा आधारित तीर्थ प्रसादको जीवनयात्रा पुस्तक सार्वजनिक गरे ।
२०७१ भदौ १२ गतेदेखि पुस्तक लेख्न थालेका थापाले ६ वर्षको अवधिमा जीवनभरका झलकहरू समेटेर पुस्तक सार्वजनिक गरेका हुन् ।
उनले पुस्तकमा आफ्नो जन्मदेखि हालसम्मका तीतामीठा सबै क्षण समावेश गरेका छन् । आफू अपहरणमा परेको, २०५६ सालको आम निर्वाचनमा आफू पराजय भएको , २०६४ सालको पहिला संविधान सभामा टिकट नपाएको, २०७४ सालमा आफूले टिकट पाएको र विजय भएको विषय पनि उल्लेख गरेका छन् ।
सभामुख हुँदाको क्षण र आफ्नो उपलब्धिबारे पनि पुस्तकमा बोलेका छन् । खप्तड एक चिनारी नामक पुस्तक प्रकाशनको तयारी छ ।
मुख्यमन्त्री बन्ने धोको
सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाले बझाङ क्षेत्र नम्बर १ बाट प्रदेश सभामा निर्वाचित भएर २०७४ माघ २९ गते सभामुखको पद तथा गोपनीयताको शपथ लिएका हुन् । थापा राजनीतिक नेता मात्र हैनन्, लेखक पनि हुन् ।
जिम्मेवारी पाए प्रदेशको मुख्यमन्त्री बन्ने सभामुख थापाको धोको छ । ‘पार्टीले जिम्मेवारी दिएमा म प्रदेशको मुख्यमन्त्री बन्न चाहन्छु,’ उनले भने, ‘यदि पार्टीले अनुभव र कार्यक्षमताका हिसाबले मलाई मुख्यमन्त्रीको जिम्मेवारी दिएमा म कुशलतापूर्वक निर्वाह गर्छु ।’
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...