दोस्रो छोरा जन्माउँदा करीना कपूर ट्विटर ट्रेन्डिङमा

बलिउडका चर्चित स्टार जोडी करीना कपूर खान र सैफ अली खानलाई दोस्रो सन्तानका रूपमा पुत्रलाभ भएको छ ।

शनिवार राति ब्रीच क्यान्डी अस्पताल भर्ना गरिएकी करीनाले आइतवार छोरालाई जन्म दिएकी हुन् ।


Advertisement

करीनाले ४ वर्षअघि पहिलो सन्तानका रूपमा छोरो तैमूर अली खानलाई जन्म दिएकी थिइन् ।​ तैमूर भारतीय मिडियामा निकै स्थान पाउने स्टार किड समेत हुन् ।

पुत्रलाभ भएपछि यो जोडीलाई बधाई दिनेको लर्को लागेको छ । बलिउडका हस्तीहरूदेखि समर्थकसम्मले बधाइ दिइरहेका छन् ।


Advertisement

ट्विटरमा भारतीय प्रयोगकर्तामाझ ह्यास ट्याग #KareenaKapoorKhan ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ ।

यस्तै #SaifAliKhan ह्यसट्यागमा पनि निकै ट्वीट भइरहेको छ, जुन ट्रेन्डिङको तेस्रो स्थानमा छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्