कात्तिक २१, २०८०
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
चर्चाको २५ वर्षपछि दैजीछेला औद्योगिक क्षेत्रको काम अघि बढेको छ । पहिलो पटक बजेट विनियोजन भएको २५ वर्षपछि छेला औद्योगिक क्षेत्रको सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्दैछन् ।
२९३ बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापनाको कार्य शुरू हुने र पछि १ हजार बिघामा विस्तार हुने बेदकोट नगरपालिकाका मेयर अशोक चन्दले जानकारी दिए ।
‘औद्योगिक क्षेत्रका लागि बेदकोट नगरपालिकाले ९०० बिघा जग्गा उपलब्ध गराएको छ,’ उनले भने, ‘तर हाल ४०० बिघा जग्गामा भौतिक संरचना बन्नेछ । औद्योगिक क्षेत्रको डीपीआर अनुसार १२४ प्लटमा साना, मझौला र ठूला गरी ११७ वटा उद्योग स्थापना हुनेछन् । जसबाट ३० हजार बढीले रोजगार पाउने छन् ।’
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जोडिएको, सालको पुनर्उत्पादित क्षेत्र र जंगली जनावरको हिँडडुल गर्ने बाटो भएको भन्दै प्रस्तावित औद्योगिक क्षेत्र स्थापना गर्न नसकिने राय वन कार्यालयले दिएको थियो । तर वन तथा वातावरण मन्त्रालय र उद्योग मन्त्रालयसँग सबै प्रमाणसहित पेश गर्दा मन्त्रालय स्तरबाटै सकारात्मक कुरा आएपछि ईआईए स्वीकृति भएको मेयर चन्दले बताए ।
औद्योगिक क्षेत्र निर्माणले गति लिएसँगै स्थानीय हर्षित भएका छन् । ‘९ अर्ब लागतमा ५ वर्षभित्र औद्योगिक क्षेत्र निर्माण सम्पन्न हुने गरी काम अघि बढेको सुनेका छौं,’ कञ्चनपुरको शुक्लाफाटाका स्थानीय करन थापाले भने, ‘हाम्रो क्षेत्रमा औद्योगिक क्षेत्र स्थापना भए यहाँको आर्थिक विकाससँगै हामीले पनि रोजगारीका अवसर पाउँछौं ।’
कञ्चनपुरमा तोकिएकै समयमा औद्योगिक क्षेत्र स्थापना भएमा सुदूरपश्चिमको मात्रै नभएर देशकै अर्थतन्त्रमा टेवा पुग्ने कञ्चनपुरको दैजीका विनोद विष्टले बताए । ‘शिलान्यास भएर मात्रै हुँदैन, द्रूतगतिमा निर्माणको काम अघि बढ्नुपर्छ,’ उनले भने ।
२०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले औद्योगिक क्षेत्र स्थापना गर्न पहिलो पटक बजेट विनियोजन गरेको थियो । औद्योगिक क्षेत्र स्थापनाका लागि यसै वर्ष वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत भएको थियो ।
२०६६ सालमा जिल्ला वन कार्यालयले आवश्यक जमिन उपलब्ध गराउने सहमति गरेको र जनचेतना सामुदायिक वन, बेदकोट सामुदायिक वनले पनि औद्योगिक क्षेत्र स्थापनाका लागि जग्गा उपलब्ध गराउन सहमति जनाइसकेका थिए ।
२०७५ असोजमा डिभिजन वन कार्यालय महेन्द्रनगरले वन तथा वातावरण मन्त्रालयमा दैजीछेला क्षेत्रमा औद्योगिक क्षेत्र स्थापना गर्न नसकिने पत्र पेश गरेपछि काम अलपत्र परेको थियो ।
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...