×

NMB BANK
NIC ASIA

म्यानचेस्टर सिटीको अविश्वसनीय लय– के हो प्रशिक्षक ग्वार्डिओलाको सफल ट्याक्टिसको राज ?

फागुन १०, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

इंग्लिश क्लब म्यानचेस्टर सिटीले पछिल्लो २ महिनायता अविश्वसनीय प्रदर्शन गरिरहेको छ ।

Muktinath Bank

सबै प्रतियोगितामा गरी सिटीले १८ लगातार जीत हात पारेको छ । गएराति आर्सनलविरुद्धको १–० को नतिजा सिटीको लगातार अठारौं जीत हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसबीचमा सिटीले कठीन मानिएका प्रतिद्वन्द्वीहरू लिभरपूल, म्यान्चेस्टर युनाइटेड, चेल्सी, आर्सनल, टोटनह्याम लगायतलाई पराजित गरिसकेको छ ।


Advertisment
Nabil box
Kumari

यो लय र सफलता पछाडिका मास्टर माइन्ड हुन्, प्रशिक्षक पेप ग्वार्डिओला ।

Vianet communication
Laxmi Bank

सिटीका प्रशिक्षक ग्वार्डिओला फूटबल जगतका महानतम प्रशिक्षकमध्ये एक हुन् । 

सिटीलाई दुईपटक लीग जिताएका ग्वार्डिओलाले यसपटक पनि क्लबलाई उपाधि दिलाउने बाटोमा लगेका छन् । यस सीजनमा १३ वटा खेल बाँकी रहँदा सिटी आफ्नो निकटतम प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडभन्दा १० अंकको अग्रताका साथ पहिलो स्थानमा छ । 

ग्वार्डिओलाले यसअघि प्रशिक्षण गरेका फूटबल टोलीहरू बार्सिलोना र बायर्न म्युनिखले पनि सफलताका नयाँ अध्याय रचेका थिए । 

प्रशिक्षक हुनुअघि ग्वार्डिओला खेलाडी थिए र १५ वर्ष उनले मिडफील्डरका रूपमा बार्सिलोनाबाट खेलेका थिए । तर बारम्बार घाइते हुने भएकाले उनले धेरै खेल्न पाएनन् । 

बार्सिलोनामा छँदा महानतम खेलाडी तथा प्रशिक्षक योहान क्रुफबाट फूटबलको शैली सिकेका थिए । क्रुफले सही तरिकाले फूटबल खेल्न बार्सिलोनालाई सिकाएका थिए । सही तरिका भन्नाले बल लगातार पास गरिरहने हो । 

मिडफील्डरका रूपमा ग्वार्डिओलाले बल नियन्त्रणको महत्त्व बुझ्ने मौका पाए । उनको मूल मन्त्र नै ‘बल लिऊ, बल पास गर’ हो । 

ग्वार्डिओला सन् २००१ मा बार्सिलोना छोडे र खेलबाट सन् २००६ मा संन्यास लिए । 

सन् २००७ मा उनी प्रशिक्षणमा फर्किए अनि फूटबलको आफ्नै अद्वितीय दर्शन लागू गर्नका लागि कोशिश गरे । 

उनलाई बार्सिलोनाको बी टीमलाई प्रशिक्षण गर्ने जिम्मेवारी दिइयो र एक सीजनमै उनले क्लबमा सबैलाई प्रभावित पारे र ए टीमको प्रशिक्षणको जिम्मेवारी उनलाई दिइयो । 

चार वर्ष बार्सिलोनाको प्रशिक्षक रहँदा ग्वार्डिओलाले तीनपटक ला लिगा र दुईपटक च्याम्पियन्स लीग जिताए । 

पछि उनी जर्मनीको बायर्न म्युनिख क्लबलाई प्रशिक्षण दिन गए । त्यहाँ रहँदा पनि आफ्नो स्टाइललाई नसुहाउने खेलाडी बेचे । उनको शैलीलाई पछ्याउन सक्ने खेलाडीलाई साथ लिएर उनले लगालग तीन सीजन बायर्नलाई च्याम्पियन बनाए । 

दुर्भाग्यको कुरा, बायर्नले च्याम्पियन्स लीगमा चाहिँ अपेक्षित सफलता पाएन । ग्वार्डिओलाको प्रशिक्षणमा बायर्न प्रत्येक सीजनमा सेमीफाइनलबाटै बाहिरियो । 

बायर्नबाट उनी म्यानचेस्टर सिटी गए र पहिलो सीजनमा टीम तेस्रो स्थानमा मात्र रह्यो । 

तर दोस्रो सीजनमा अर्थात् २०१७–१८ मा म्यानचेस्टर सिटीले १०० अंकका साथ उपाधि जित्यो जुन प्रेमियर लीगकै इतिहासको कीर्तिमान हो । च्याम्पियन्स लीगमा चाहिँ ग्वार्डिओलाको दुर्भाग्य जारी रह्यो र सिटी फाइनलसम्म पुग्नै सकेन । 

ग्वार्डिओलाले आफ्ना खेलाडीहरूलाई एकएक विपक्षी खेलाडीलाई मार्क गर्न र विपक्षीलाई पास दिनका लागि स्पेस नदिन लगाउँछन् । विपक्षीले लंग बल मात्र खेलून् भन्ने उनको रणनीति रहन्छ । 

उनका खेलाडीले विपक्षीलाई नियन्त्रण गुमाउने गरी लंग शट हान्न बाध्य बनाउँछन् अनि विपक्षीबाट बल खोस्छन् र छोटा छोटा पास खेल्छन् । त्यसपछि विपक्षीको गोलपोस्ट नजिक बल पुर्‍याउने र गोल गर्ने अवसर जुटाउने काम उनीहरूले गर्छन् । 

त्यसबाहेक म्यानचेस्टर सिटीमा ग्वार्डिओलाले टीमलाई कुनै एक खेलाडीका निर्भर बनाएका छैनन् । प्रत्येक खेलाडीको आफ्नो भूमिकामा पर्फेक्ट छन् र कसैमाथि सुपरस्टारडमको दबाब छैन । 

अनि उनी खेलाडीहरू रोटेट गरिरहन्छन् र फल्स नाइन जस्ता चतुर रणनीति अपनाइरहन्छन् । यसले गर्दा पनि सिटीले सफलता पाइरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x