काठमाडौंको सुकेधारास्थित कामाद कलेज र कुमारी जबबीच इन्टनशीप तालिम तथा रोजगारी सम्बन्धी सहकार्य भएको छ । फागुन ९ गते आइतबार गरिएको उक्त सहकार्यमा कामाद कलेजका सीईओ काशिनाथ खनाल र कुमारी जवका एमडी सन्देश भण्डारीले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतामा हस्ताक्षर गर्दै कलेजका सिइओ खनालले यस सम्झौताले विद्यार्थीहरुको क्षमता अभिवृद्धि हुनुका साथसाथै उनीहरुको उज्वल भविश्य निर्माणमा कुमारी जबले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको बताए ।
यस्तै कुमारी जबका एमडी सन्देश भण्डारीले यी दुई संस्थाबीचको सहकार्यले विद्यार्थीहरुलाई उचित तालिम प्रदान गरी उनीहरुको व्यक्तित्व विकासमा महत्वपूर्ण भुमिका खेल्नुका साथै उनीहरूलई रोजगारको सहजता प्रदान गरिने बताए ।
सम्झौताअनुसार कामाद कलेजमा बिबिए अध्यनरत विद्यार्थीहरुले रोजगारीको लागि प्रयोगात्मक तालिम तथा इन्टनसिपको अवसर पाउनुका साथै रोजगारीको अवसर पनि पाउनेछन् । जस अन्तर्गत ७ औं सेमेस्टरका विद्यार्थीलाई इन्टनसिपका लागि प्रयोगात्मक तालिम दिइने छ र विभिन्न संघसंस्थामा इन्टनसिपका लागि सहजता प्रदान गरिने जनाएको छ ।
यस्तै ८ औं सेमेस्टरका विद्यार्थीलाई रोजगारीका लागि प्रयोगात्मक तालिमसँगै जब मेलाको आयोजना गरीने छ । उक्त मेलामा कम्तिमा १० स्थापित उद्योग संघ संस्थाहरूले स्वयम् उपस्थित भएर अन्तर्वार्ता लिनेछन् । उक्त जव मेलाबाट विद्यार्थीहरुलाई जागिरका लागि छनौट गरिने छ ।
लोकान्तर संवाददाता