×

NMB BANK
NIC ASIA

व्यवसायीका समस्या समाधानका लागि ‘भिजन पेपर’ ल्याउँदै वाणिज्य महासंघ

फागुन १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगी व्यवसायीको समस्या समाधानको लागि महासंघले ‘भिजन पेपर’ तयारी गरेको बताएका छन् ।

Muktinath Bank

मुलुकको अर्थतन्त्रको सूचकांक जीडीपीलाई १० प्रतिशतभन्दा माथि पुर्‍याउन र रोजगारी अभिवृद्धि कसरी गर्न सकिन्छ भनेर विकसित मुलुकको अनुभवलाई समेत समेटेर भिजन पेपर तयार गरिएको उनले जानकारी गराए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको सोमवार बुटवलमा भएको ६७ औं वार्षिक साधारणसभा तथा २४ औं अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले भिजन पेपरमा निजी क्षेत्रको एकरूपताको लागि सीएनआई लगायतका अरु संस्थासँग समेत छलफल भइरहेको जानकारी गराए ।


Advertisment
Nabil box
Kumari

आफ्नो नेतृत्वको नेपाल उद्योग वाणिज्य महासंघमा निजी क्षेत्रको समस्या भोगेको र बुझेको टीम रहेकाले समस्या समाधान कसरी गर्न सकिन्छ र लगानी कसरी अभिवृद्धि गर्न सकिन्छ भनेर आफूहरू लागिपरेको जानकारी गराए । 

Vianet communication
Laxmi Bank

महासंघका अध्यक्ष गोल्छाले निजी क्षेत्रका व्यावसायिक संस्थाबीच प्रस्तावमा सम्झौता गरेर जिल्ला नगरमा लैजाने बताउँदै त्यसले साना तथा मझौला उद्योग व्यवसायको समस्या समाधान हुने विश्वास व्यक्त गरे  ।

उनले महासंघले विज्ञ सहितको राहत सेल बनाउन लागेको जानकारी गराउँदै विशेषगरी बैंकिङ, राजस्व, श्रमको समस्यामा परेका व्यवसायीलाई राहतको काम गर्ने उल्लेख गरेका छन् ।

मेलमिलाप केन्द्र बनाउन लागिएको र केन्द्रले उद्योग व्यवसायमा भएका समस्या समाधानको लागि मेलमिलापको काम गर्ने र सर्वोच्च अदालतसँग समन्वय गरेर गरिने केन्द्रको निर्णयलाई मुद्दा सर्वोच्चमा गए पनि अदालतले समेत त्यसलाई हेर्ने उल्लेख गरे । 

उनले यस क्षेत्रमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, सेजको नियमावली परिवर्तन, मोतिपुर औद्योगिक क्षेत्र लगायतका कारण यस क्षेत्रमा लगानी प्रबद्र्धन गर्ने र रोजगारीको समेत सम्भावना प्रसस्त रहेको औंल्याए  । 

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले प्रदेशमै उद्योग दर्ता गर्ने भएपछि दर्ताको संख्या पर्याप्त भए पनि उद्योग सञ्चालन हुन नसकेको बताउँदै त्यसमा समस्या के हुन् सुझाव दिन आग्रह गरे । सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताउँदै उनले उद्योग व्यवसायका समस्या के छन्, त्यसलाई कसरी समाधान गर्न सकिन्छ भनेर बसेर छलफलको लागि समेत आफू तयार रहेको बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x