यस पटकको निर्वाचनमा पनि विदेशमा रहेका नेपालीले मतदान गर्न नपाउने भएका छन् । आगामी वैशाखमा हुने भनिएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्न पाउनुपर्ने आवाज उठे पनि कानुनी रूपमा अझै यो विषय सम्बोधन हुन सकेको छैन । अहिलेसम्म कानुन निर्माण नभएकाले विदेशमा रहेका नेपालीले मताधिकार प्रयोग गर्न नपाउने भएका हुन् । विदेशमै रहेकालाई मतदानमा सहभागी बनाउन निर्वाचन आयोगले कुनै तयारी गरेको छैन । रोजगारी, अध्ययनलगायत विभिन्न प्रयोजनका लागि औपचारिक र अनौपचारिक रूपमा गएका ५० लाख हाराहारीमा नेपाली विदेशमा रहेको खबर गोरखापत्रमा छापिएको छ ।
छापाबाट