ह्वीलचेयरमा देखिए कपिल शर्मा, रिसाए पत्रकारसँग (भिडियो)

कमेडियन कपिल शर्मालाई सोमवार विमानस्थलमा ह्वीलचेयरमा बसेको अवस्थामा फोटोग्राफरहरूले देखेका छन् । 

उनलाई यस विषयमा पापाराजीले सोध्दा उनी रिसाए । 


Advertisement

पछि स्पटबोयसँग कुराकानी गर्दै कपिलले भने, ‘म ठीक छु । जिममा व्यायाम गर्दा ढाडमा अलिकति समस्या देखिएको थियो । केही दिनमै यो ठीक हुनेछ । तपाईंको चिन्ताका लागि धन्यवाद ।’

ह्वीलचेयरमा देख्दा कपिललाई फोटोग्राफरहरूले सोधेका थिए, ‘ठीक हुनुहुन्छ ?’


Advertisement

त्यसपछि कपिलले भने, ‘पछि हट तिमीहरू सबै ।’

त्यसपछि फोटोग्राफरहरू भन्छन्, ‘ओके सर । थ्यांक यू सर ।’

कपिल अझै रिसाउँदै भन्छन्, ‘उल्लूका पट्ठाहरू ।’

त्यो सुनेर फोटोग्राफरहरूले भने, ‘सर, रेकर्ड भएको छ ।’

कपिल भन्छन्, ‘अँ अँ, रेकर्ड गर । तिमीहरूको सोमत छैन ।’

अन्तिममा फोटोग्राफरहरू भन्छन्, ‘अनुरोध गरेको भए हामी हट्थ्यौं ।’

सामाजिक सञ्जालमा कपिलको भिडियो भाइरल भएको छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्