बलिउड अभिनेत्री परिणीति चोपडा आफ्नो आगामी फिल्मलाई लिएर निकै आशावादी देखिएकी छन् ।
परिणीतिको आगामी फिल्म 'द गर्ल अन द ट्रेन' आउँदो रहस्यमय थ्रिलर जनराको हो ।
उक्त फिल्म रिभु दास गुप्ताद्वारा निर्देशित छ । यस चलचित्रको ट्रेलरले पहिले नै धेरै चर्चा कमाइसकेको छ।
यसको ट्रेलरबाट नै परिणीतिको अभिनयले धेरैलाई चकित बनाएको छ ।
हलसालैको एक अन्तर्वार्तामा उनले भनेकी छिन्- 'फिल्मको शूटिङ एक दिक्क लाग्ने प्रक्रिया हो तर म तबसम्म सेट छाडेर घर र्फिकन चाहिनँ, जबसम्म त्यो सीन राम्रो हुँदैनथ्यो ।'
परिणति आफ्ना पछिल्ला केही चलचित्रले राम्रो व्यापार नगरेकाले चिन्तित थिइन् ।
अब यस चलचित्रबाट आफू निकै आशावादी रहेको उनको प्रतिक्रिया छ ।
हेर्नुहोस्, ट्रेलर :
लोकान्तर संवाददाता