दुर्घटनापछि सडकछेउमा छट्पटाइरहेका ४ घाइतेलाई प्रदेश प्रमुख झाले गरे उद्धार

२ नम्बर प्रदेश प्रमुख डा. राजेश झा (अहिराज) ले दुर्घटनामा परेर सडक छेउमा छट्पटाइरहेका ४ जना घाइतेको उद्धार गरी अस्पताल पुर्‍याएका छन् ।

प्रदेश प्रमुख डा. झाले जनकपुरधामबाट बाराको जितपुर जाने क्रममा निजगढ जंगलमा सडक दुर्घटनामा परी ४ जना व्यक्ति छट्पटाइरहेका देखेका थिए ।


Advertisement

छट्पटाइरहेका चारै जनालाई प्रदेश प्रमुख झाले देख्ने बित्तिकै गाडी रोकेर रौतहटको चपुरस्थित अस्पताल पठाएका छन् ।

डा. झाले १ जना सुरक्षाकर्मीसहित ४ जना घाइतेलाई अस्पतालतर्फ पठाएको जनाइएको छ ।


Advertisement

डा. झा हालै प्रदेश प्रमुख नियुक्त भएका थिए ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्