राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा डा. निर्मलकुमार विश्वकर्मालाई नियुक्त गरेकी छन् ।
डा. विश्वकर्मालाई मंगलवार राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीबाट नेपालको संविधानको धारा २८२ बमोजिम डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
लोकान्तर संवाददाता