सर्वोत्तम समेन्ट लि. ले उद्योगको उत्पादन क्षमता बढाएको छ । अब प्रतिदिन ६० हजार बोरा सिमेन्ट उत्पादन हुने उद्योगले जनाएको छ । यसअघि उद्योगले ४० हजार बोरा प्रतिदिन उत्पादन गर्दै आएको थियो ।
यससँगै आप्mनो सिमेन्ट उत्पादन अभैm बृहत भएपछि सिमेन्ट उपभोक्ताहरु माझ गुणस्तरीय तथा अत्याधुनिक प्रविधिबाट उत्पादित सिमेन्टको पहुँच अभैm सरल तथा सुलभ बन्ने विश्वास लिएको कम्पनीले जनाएको छ ।
कम्पनीका ब्राण्ड म्यानेजर गोपाल सारदाका अनुसार सर्वाेत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भि.आर.एम. प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्नेे नेपालकै पहिलो सिमेन्ट उद्योग हो ।
आइ.एस.ओ. ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण–मैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ग्रिन सर्वाेत्तम ओ.पि.सि र सौरभ ग्रिन पि.पि.सि नामक ब्राण्डका सिमेन्टहरु नेपालभर सर्वत्र बिक्रीवितरण गरिरहेको छ ।
यस उद्योगद्वारा उत्पादित सिमेन्टको मसिनोपन प्रतिग्राम ४५०० से.मि.२ सम्म रहेको छ । यति मात्र नभई आफ्नै इस्टिम इन्जिनबाट विद्युत उत्पादन गरी सिमेन्टको गुणस्तरमा एक रुपता प्रदान गर्न कम्पनीले नेपालमै पहिलो पटक एक्स–रे डिफ्राक्सन मेशिनको प्रयोग गर्दै आएको छ ।
लोकान्तर संवाददाता