सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुर्खेतको बराहताल गाउँपालिका तरङ्गामा १०८ औैँ शाखारहित बैंकिङ्ग सेवा शुरू गरेको छ ।
सेवा संचालनका लागि स्थानीय व्यवसायी टेक बहादुर कठायतलाई व्यवसायिक प्रतिनिधि नियुक्त समेत गरिएको बैंकले जनाएको छ ।
यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउन सकिने छ ।
लोकान्तर संवाददाता