‘प्रतिनिधिसभा पुनःस्थापनाको सम्भावना ९९% छैन, भइहाले ओली नै प्रधानमन्त्री’

प्रतिकात्मक तस्वीर

सरकारका एक प्रभावशाली मन्त्री टोपबहादुर रायमाझीले प्रतिनिधिसभा पुनःस्थापनाको सम्भावना ९९ दशमलव ९९ प्रतिशत नरहेको दाबी गरेका छन् ।

कथम् पुनःस्थापना भइहाले केपी ओली नै प्रधामनन्त्री हुने उनले दाबी गरे । 


Advertisement

युवा संघको केन्द्रीय समितिको पूर्ण बैठकलाई मंगलवार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री रायमाझीले प्रतिनिधिसभा पुनःस्थापनाको सम्भावना नरहेको जिकीर गरेका हुन् । प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारण प्रस्ट रहेको उनले बताए ।

‘हामी डराउनुपर्ने केही कुरा छैन, मैले भने प्रतिनिधिसभा पुनःस्थापनाको सम्भावना ९९ दशमलव ९९ प्रतिशत छैन, मानौं ०.१% सम्भावना रह्यो रे, त्यसो भयो भने के होला ? के आकाश खस्छ, पृथ्वी भासिन्छ ?’ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री रायमाझीले भने, ‘प्रचण्ड र माधव नेपाल सांसद हुँदा टोपबहादुर रायमाझी र महेश बस्नेत सांसद नबन्ने हुन्छ ? संसद पुनःस्थापना भएछ भने पनि ओली नै प्रधानमन्त्री, त्यो माहोल छ, हामी बनाउँछौं ।’


Advertisement

सर्वोच्च अदालतले केही दिनमा प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको फैसला गर्दैछ । रायमाझीले प्रचण्ड–नेपालहरू जनताबाट तिरस्कृत भइसकेकाले यो कार्यकालमा प्रधानमन्त्री हुने सम्भावना नरहेको जिकीर गरे । 

‘कांग्रेसले पनि ढुलमुल गरेको छ, उसलाई जनताप्रति विश्वास छैन । नेपाली कांग्रेस समेत डराइरहेको छ, यसले के कुरा स्पष्ट गर्छ भने जनमत कसको पक्षमा छ भन्ने कुराको स्पष्ट हुुन्छ,’ रायमाझीले भने ।  

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्