×

NMB BANK
NIC ASIA

हेटौंडामा उत्पादित घ्यू जापानसम्म लोकप्रिय, माग बढ्यो

फागुन ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारको स्वामित्वमा सञ्चालित हैटौंडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित घ्यू जापानमा निर्यात हुन थालेपछि माग बढेको छ । 

Muktinath Bank

आयोजनाका प्रमुख नरेश जोशी अनुसार गत वैशाखदेखि माघ महिनासम्ममा ५१ हजार लिटर घ्यू निर्यात भएको थियो । उनले जापानमा नेपाली घ्यूको माग बढ्दै गएको र १ पटकमा ७–८ हजार लिटर घ्यू निर्यात हुने गरेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हालसम्म ७ पटक घ्यू निर्यात भइसकेको छ । आयोजनाले दैनिक ५०० लिटर घ्यू उत्पादन गर्ने गर्छ । 
 
हेटौंडा औद्योगिक क्षेत्रमा ३८ रोपनी जमिनमा विक्रम संवत् २०३० सालको वैशाखमा डेनिस सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा दुग्ध विकास संस्थान अन्तर्गत आयोजना स्थापना भएको थियो ।


Advertisment
Nabil box
Kumari

आयोजनाबाट दैनिक २५ हजार लिटर दूध मकवानपुर, बारा, पर्सा, सर्लाही र रौतहट जिल्लाबाट संकलन भइरहेको छ ।

Vianet communication
Laxmi Bank

तीमध्ये प्रशोधित ६ हजार ५०० लिटर दूध र १ हजार ५०० लिटर दही दैनिक बिक्रीवितरण हुने गरेको आयोजनाले जनाएको छ । आयोजनाले दैनिक ६ हजार कृषक घरपरिवारबाट दूध खरिद गरी उनीहरूलाई मासिक ३ करोडदेखि ५ करोड रुपैयाँसम्म भुक्तानी गर्दै आएको छ । 

बेमौसममा ३ करोड र अन्य मौसममा ५ करोड भुक्तानी भएको छ । आयोजनाको प्रशोधित क्षमता  प्रतिघण्टा ३ हजार लिटर दूध रहेको छ । यसका साथै दही, पनीर, घ्यू, मख्खन  फ्रसमिल्क, लालमोहन, रसबरी, आइसक्रिम, प्रशोधित क्रिम, पेडा र खुवा लगायतका दुग्ध पदार्थ उत्पादन गरी बिक्रीवितरण भइरहेको बताइएको छ ।

उत्पादित उपरोक्त दुग्ध पदार्थ वीरगञ्ज, नारायणघाट र हेटौंडाको शहरी तथा ग्रामीण बजार क्षेत्रमा बिक्री हुने गरेको र थप बजार क्षेत्र बढ्दै गएको आयोजनाले जनाएको छ । आयोजना अन्तर्गत ७ चिस्यान केन्द्र क्रमशः चन्द्रनिगाहपुर, गरुडा, नवलपुर, बरहथवा, हरैया, बसवरिया र सिम्रोनगढमा रहेका छन् ।

मकवानपुरलगायत अन्य जिल्लाको दुग्ध उत्पादक सहकारी संस्थाबाट समेत दुग्ध संकलन हुने गरेको आयोजनाका अधिकृत ठाकुरदास श्रेष्ठले बताए । उनले भने, ‘आयोजनाले आवश्यकता अनुसारको दूध खपत गरी बढी भएको दूध बालाजुलगायत अन्य आयोजनामा पठाउने गरेको छ ।’
 
आयोजनाको ६० हजार लिटर दूध भण्डारण क्षमता रहेको छ । दही ३ हजार लिटर, घ्यू, मख्खन, पनीर उत्पादन क्षमताप्रति दिन ५०० केजी, फेसमिल्क, १ हजार ५०० बोतल प्रतिसिफ्ट, पेडा ३६० प्याकेट  प्रतिदिन र लालमोहन ९०० प्याकेट प्रतिदिन उत्पादन  हुने गरेको उनले जानकरी दिए ।
 
बिक्रीवितरण क्षेत्रमा ३ वितरक, २८ डिलर र १९७  बिक्री बुथमार्फत बिक्री भइरहेको छ । लकडाउनमा पनि आयोजनाले आफ्नो सेवालाई निरन्तरता दिएको थियो ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x