नेकपा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले दाङमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको शिलापत्र फोर्नेलाई सरकारले पक्रन नसके युवासंघले भेटेर प्रहरीलाई बुझाउने बताएका छन् ।
राष्ट्रिय युवा संघको केन्द्रीय समितिको पूर्ण बैठकलाई मंगलवार काठमाडौंमा सम्बोधन गर्दै बस्नेतले पुलको शिलापत्र फोडेर क्रान्तिकारी देखिन खोज्नेलाई युवा संघले तह लगाउने बताए ।
‘पुलको शिलापत्र फोरेर त्यो क्रान्तिकारी देखिन खोज्ने अपराधीलाई सरकारले भेटेन भने युवा संघले भेटेर प्रहरीलाई बुझाउने छ,’ बस्नेतले भने ।
बस्नेतले बौद्धिक अराजकतालाई प्रतिवाद गर्न साइबर सेनालाई सशक्त बनाइने बताए । बस्नेतले वैशाखको चुनावको लागि युवा संघले अभियान सञ्चालन गर्ने समेत उल्लेख गरे ।
लोकान्तर संवाददाता