पछिल्लो २४ घण्टामा देशभर थप ११० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ७३ हजार ६६६ पुगेको छ ।
कूल संक्रमितमध्ये हालसम्म २ लाख ७० हजार ६८ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १०२ जना निको भएका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५३३ रहेको मन्त्रालयले जनाएको छ ।
कोरोनाले थप ४ जनाको मृत्यु भएको छ । कोरोनाले मृत्यु हुनेको कूल संख्या २ हजार ६५ पुगेको मन्त्रालयले जनाएको छ ।
लोकान्तर संवाददाता