जस्तोसुकै परिस्थिति सामना गरेर आएको मान्छे के को डिफेन्सिभ ? – प्रधानमन्त्री ओली

फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू डिफेन्सिभ बन्दै गएको भन्ने टिप्पणीको खण्डन गरेका छन् ।

राष्ट्रिय युवा संघको बैठकलाई मंगलवार राजधानीलाई सम्बोधन गर्दै ओलीले आफू डिफेन्सिभ नबनेको जिकिर गरे ।


Advertisement

'केपी ओली पराजित मानसिकतामा गैसक्यो भनेको सुन्छु,' डिफेन्सिभ भैरहने कुरा होइन । जस्तोसुकै परिस्थिति सामना गरेर आइसकेको मान्छे के को डिफेन्सिभ ?' ओलीले भने, 'गोलघरमा हुँदा पनि मेरो आवाज यस्तै हो । हामी जित्ने छौं एक दिन भनेर गीत गाउँथें । त्यो आत्मविश्वास थियो ।'

उनले नेकपाको अर्को समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'प्रति पनि कटाक्ष गरे ।


Advertisement

'​विचरा प्रचण्डजीको माया लाग्छ के खान गएको कहाँ डुबेर मर्‍यो भने झैँ,' ओलीले भने ।

प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्चको फैसलाको नजिकिँदै गर्दा प्रधानमन्त्री ओली डिफेन्सिभ बनेको टिप्पणी प्रचण्ड-नेपाल समूहका नेताहरूले गर्ने गरेका छन् ।


 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्