प्रसाद- २ मा पनि जोडिए निश्चल बस्नेत

निर्माणको तयारीमा रहेको नेपाली चलचित्र प्रसाद - २ मा अभिनेता निश्चल बस्नेत पनि देखिने पक्का भएको छ ।

प्रसाद फिल्मका अभिनेता समेत रहेका निश्चलले उक्त चलचित्रको सिक्वेल प्रसाद- २ मा पनि अनुबन्धनको सम्झौता गरेका हुन् ।


Advertisement

प्रसाद- २ लाई सौरभ चौधरीले निर्देशन गर्दैछन् ।

निश्चलभन्दा अघि नै अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठले पनि चलचित्रमा अनुबन्धित हुने गरी हस्ताक्षर गरिसकेका छन् ।


Advertisement

विपिन र नम्रता दुवै प्रसाद चलचित्रमा पनि देखिएका थिए ।

निःसन्तान दम्पतीको कथामा निर्माण भएको प्रसादको कथालाई प्रसाद २ मा पनि जोडिने बताइएको छ ।

निश्चलको अनुबन्धनसँगै चलचित्र छिट्टै छायांकनमा जाने निर्माण टीमले जनाएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्