अस्ट्रेलियामा फेसबूकले समाचार सामग्री पुनः देखाउने

फेसबूकले आगामी केही दिनमा अस्ट्रेलियामा समाचार सामग्री पुनः देखाउन सहमति जनाएको छ । 

अस्ट्रेलिया सरकारले फेसबूक र गूगललाई समाचार सामग्री देखाएकोमा पैसा तिर्न लगाउने कानूनमा संशोधन गर्न सहमति जनाएपछि फेसबूक नरम बनेको हो । 


Advertisement

अघिल्लो साता फेसबूकले अस्ट्रेलियामा आफ्नो प्ल्याटफर्ममा सबै समाचार सामग्रीमा रोक लगाएको थियो र त्यसक्रममा स्वास्थ्य र आकस्मिक सेवा लगायतका सूचना तथा सरकारी पेजहरू पनि अनायासै ब्लक गरेको थियो । 

समाचारमा लगाइएको यस प्रतिबन्धले सबैलाई स्तब्ध बनाएको थियो । फेसबूकविरुद्ध यस्तो कारवाही नगर्नका लागि सीधा सन्देश दिन उसले खोजेको भनी यसको अर्थ लगाइएको थियो । 
 


Advertisement

फेसबूक जस्ता प्रविधि कम्पनीहरूले समाचार उत्पादकको सामग्री प्रयोग गरेकोमा उचित रकम तिर्न बाध्य बनाउने कानून अस्ट्रेलियामा ल्याइएपछि फेसबूकले ऐतिहासिक रूपमा प्रतिबन्ध लगाएको हो । 
 

ट्रेजरर जोश फ्राइडनबर्ग र सञ्चारमन्त्री पल फ्लेचरले अन्तिम समयमा एक सम्झौतामा पुगेको मंगलवार घोषणा गरे । सिनेटमा यस विधेयकको बारेमा बहस भइरहेको छ ।
 

फेसबूकले मिडिया आउटलेटहरूको सामग्रीका लागि पैसा तिर्ने पर्याप्त सम्झौतामा हस्ताक्षर गरेको देखाएमा सरकारले बनाएको कानून नलाग्ने गरी  कानूनमा संशोधन गर्न लागिएको छ । फेसबूकलाई कानून पालन गर्नका लागि एक महिनाको समय दिने गरी समेत संशोधन गरिँदैछ ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्