‘८० पुग्न १० वर्ष बाँकी छ, १ बिसमा ९० पुग्छु, के खुशी भन्ने ?’

प्रधानमन्त्री एवं नेकपा केपी शर्मा ओलीले युवाको स्नेहका कारण आफूले अहिले पनि दैनिक १८ घण्टा काम गर्ने गरेको बताएका छन् ।

आफू युवासंघको आजीवन सदस्य रहेकाले बूढो बन्ने छुट नरहेको टिप्पणी उनले गरे ।  


Advertisement

युवा संघको केन्द्रीय कमिटीको पूर्ण बैठकलाई मंगलवार काठमाडौंमा सम्बोधन गर्दै ओलीले ७० औं जन्मदिनमा पनि आफ्नो स्वास्थ्य राम्रो हुनु खुशीको कुरा रहेको बताए ।

‘६९ पूरा गरेर ७० मा लागियो के खुशीको दिन भन्ने ? ८० वर्ष पुग्न १० वर्ष बाँकी छ । १ बिसमा ९० वर्ष पुग्छु के खुशी भन्ने ? बाँचिएकै छ, स्वास्थ्य राम्रो छ खुशीको कुरा भन्नुपर्‍यो,’ ओलीले भने, ‘जुँगा अलि कालो हुँदै गएको छ भनेको थिएँ, केले ? तपाईंहरूको स्नेहले । अहिले पनि १८ घण्टा काम गर्छु युवाको आशिर्वाद भएपछि युवा युवा भइरहेको छ । युवा संघको आजीवन सदस्यले बूढो हुन मिल्यो ?’


Advertisement

युवा संघले ओलीको जन्मदिनको अवसरमा कार्यक्रममा केक काटेको थियो । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्