×

NMB BANK
NIC ASIA

कांग्रेस अब के गर्छ ?

फागुन १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्वागत गरेको छ ।

Muktinath Bank

कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको निर्णयलाई स्वागतयोग्य कदम भन्दै अदालतले लिएको संसद् पुनःस्थापनाको निर्णयलाई कांग्रेसले स्वागत गर्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ, कांग्रेस प्रतिनिधिसभा पुनःस्थापना गर्ने अदालतको फैसलाको स्वागत गर्छ,’ देउवाले संसद् पुनःस्थापनाको फैसलापछि विज्ञप्ति जारी गर्दै भनेका छन् ।


Advertisment
Nabil box
Kumari

देउवाले विज्ञप्तिमा अदालतमा विचाराधीन रहेको मुद्दा भएका कारण यसअघि पार्टीले अदालतलाई दबाबमा राख्ने कुनै कार्यक्रम नगरेको समेत प्रस्ट पारेका छन् ।

Vianet communication
Laxmi Bank

नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत संसद् पुनःस्थापना गर्ने अदालतको निर्णयलाई स्वागत गरेका छन् । वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने नभए अविश्वासको प्रस्ताव अघि बढाएर हटाइने बताए ।

‘संसद् पुनःस्थापनाको निर्णयको स्वागत गर्छु अब प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ होइन भने अविश्वासको प्रस्तावबाट हटाउँछौं,’ पौडेलले भने ।

यसैगरी नेता कृष्णप्रसाद सिटौलाले सर्वोच्चको निर्णयले अदालतले निष्पक्ष, स्वतन्त्र र प्रभावकारी रूपमा पनि निर्णय गर्न सक्छ भन्ने प्रमाणित गरेको बताए ।

‘सर्वोच्च अदालतको निर्णयले अदालतले निष्पक्ष, स्वतन्त्र र प्रभावकारी रूपमा पनि निर्णय गर्न सक्छ भन्ने प्रमाणित गरेको छ, प्रधानन्यायाधीलगायत संवैधानिक इजलासमा बस्ने सबैलाई बधाई,’ सिटौलाले भने ।

उनले संसद् पुनस्र्थापनाको निर्णयबाट न्यायपालिकाले संविधान र लोकतन्त्रको रक्षा गर्नसक्छ र निरंकुशतावादी र अधिनायकवादीलाई तह लाउन सक्छ भन्ने पनि पुष्टि भएको बताए ।

कांग्रेसले संसद् विघटनको निर्णय लगत्तै आधिकारिक रूपमा पार्टी बैठकबाटै संसद् विघटनको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादी कदम भन्दै विरोध गरेको थियो । राजधानी दैनिकमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x