डा. बाबुराम भट्टराईको स्वास्थ्य परीक्षण : रिपोर्ट आउनै ४ दिन लाग्ने

फाइल फोटो

भारतको नयाँदिल्लीमा उपचाररत जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको स्वास्थ्य परीक्षण रिपोर्ट आउन ४ दिन लाग्ने भएको छ ।

चिकित्सकको परामर्श अनुसार गर्नुपर्ने वायोप्सीको रिपोर्ट आउन ४ दिन लाग्ने जसपा नेता विश्वद्विप पाण्डेले जानकारी दिए ।


Advertisement

मंगलवारको परीक्षणपछि चिकित्सकले थप पीईटी स्क्यान र अरु परीक्षण गर्न निर्देश गरेका थिए ।

पीईटी स्क्यान, वायोप्सी र अन्य परीक्षणको रिपोर्ट आएपछि डा. भट्टराईको रोगको निर्क्योल हुने र निदानबारे अन्तिम टुंगो लाग्ने जनाइएको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्