×

NMB BANK
NIC ASIA

कार दुर्घटनामा परी टाइगर उड्स गम्भीर घाइते

फागुन १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

विश्वप्रसिद्ध गल्फ खेलाडी टाइगर उड्स चढेको कार लस एन्जलस नजिक मङ्गलबार दुर्घटनाग्रस्त भएको छ । 

Muktinath Bank

स्थानीय समयअनुसार बिहानीपख उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।  लस एन्जलस काउन्टी प्रहरी अलेक्स भिल्लानुभाले गम्भीर घाइते उड्सको शल्यक्रिया गरिएको जानकारी दिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अन्य सवारी साधन वा यात्रुका कारण दुर्घटना भएको पाइएको छैन, तर शहरको बाहिरी इलाकामा बारम्बार दुर्घटना भइरहने स्थलमा नै उड्स चढेको गाडी दुर्घटनाग्रस्त भएको छ । प्रहरीका अनुसार उड्स चढेको कारको गति केही बढी रहेको थियो ।


Advertisment
Nabil box
Kumari

उद्धारका लागि घटनास्थल पुगेका प्रहरी अधिकृत कार्लोस गोन्जालेजले घटनाको प्रकृति हेर्दा टाइगर उड्स भयानक दुर्घटनाबाट भाग्यवस बाँच्न सफल भएको जानकारी दिए। गोन्जालोका अनुसार टाइगर उड्स दुर्घटनाग्रस्त कारभित्र च्यापिएको अवस्थामा तर होसमै फेला परेका थिए । 

Vianet communication
Laxmi Bank

गोन्जालोले टाइगर उड्सका दुबै खुट्टामा चोट लागेको हुन सक्ने बताए। 

विश्वकै एक जना सर्वाधिक सफल गल्फ खेलाडी मानिने ४५ वर्षीय टाइगर उड्सले १५ वटा प्रमुख गल्फ प्रतियोगिता जितेर किर्तिमान राखेका छन् । 

उनको हालैमात्र पाँचौं पटक पिठ्युँको शल्यक्रिया गरिएको थियो । सोही शल्यक्रियाका कारण निकट समयमै हुन लागेको मास्टर्स प्रतियोगिता उनले त्याग्ने सम्भावना थियो । सन् २०१९ मा उनले यो प्रतियोगिता जितेका थिए । 

उड्सको दुर्घटनाप्रति विश्वका गल्फ खेलाडी तथा शुभेच्छुकहरुले दुःख व्यक्त गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x