पछिल्लो २४ घन्टामा नेपालमा ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
३ हजार ६ सय ९२ पीसीआर परीक्षणमा ९४ जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
आज काठमाडौं उपत्यकाभित्र भक्तपुरमा २, ललितपुरमा १२ र काठमाडौंमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।
यससँगै मुलुकभर कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७ सय ६० पुगेको छ ।
हालसम्म १ हजार ५ सय ५५ जना सक्रिय संक्रमित छन् ।
मन्त्रालयका अनुसार बुधवार ७१ जना संक्रमित भाइरसमुक्त भएका छन् ।
यससँगै मुलुकभर २ लाख ७० हजार १ सय ३९ जना कोरोना भाइरस मुक्त भएका छन् ।
बुधवार मृतकको संख्या १ रहेको छ । हालसम्म २ हजार ६६ जना संक्रमितको मृत्यु भएको छ ।
लोकान्तर संवाददाता