×

NMB BANK
NIC ASIA

गल्फ खेलाडी टाइगर उड्सको कार दुर्घटनाग्रस्त, गम्भीर घाइते

फागुन १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

विश्वप्रसिद्ध गल्फ खेलाडी टाइगर उड्स चढेको कार लस एन्जलस नजिक मङ्गलबार दुर्घटनाग्रस्त भएको छ ।

Muktinath Bank

उनी चढेको कार सडकमा धेरै पटक पल्टिएको थियो, तर गम्भीर चोट लागेपनि भाग्यवस उनी बाँच्न सफल भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहानीपख उक्त दुर्घटना हुँदा उनी कुनै किसिमको लागूऔषध वा मदिरा सेवन गरेको अवस्थामा नपाइएको प्रहरीले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

लस एन्जलस काउन्टी प्रहरी अलेक्स भिल्लानुभाले गम्भीर घाइते उड्सको शल्यक्रिया गरिएको जानकारी दिएका छन् ।

Vianet communication
Laxmi Bank

अन्य सवारी साधन वा यात्रुका कारण दुर्घटना भएको पाइएको छैन, तर शहरको बाहिरी इलाकामा बारम्बार दुर्घटना भइरहने स्थलमा नै उड्स चढेको गाडी दुर्घटनाग्रस्त भएको छ ।

प्रहरीका अनुसार उड्स चढेको कारको गति केही बढी रहेको थियो । उद्धारका लागि घटनास्थल पुगेका प्रहरी अधिकृत कार्लोस गोन्जालेजले घटनाको प्रकृति हेर्दा टाइगर उड्स भयानक दुर्घटनाबाट भाग्यवस बाँच्न सफल भएको जानकारी दिए ।

गोन्जालोका अनुसार टाइगर उड्स दुर्घटनाग्रस्त कारभित्र च्यापिएको अवस्थामा तर होसमै फेला परेका थिए । गोन्जालोले टाइगर उड्सका दुबै खुट्टामा चोट लागेको हुन सक्ने बताए ।

विश्वकै एक जना सर्वाधिक सफल गल्फ खेलाडी मानिने ४५ वर्षीय टाइगर उड्सले १५ वटा प्रमुख गल्फ प्रतियोगिता जितेर किर्तिमान राखेका छन् ।

उनको हालैमात्र पाँचौं पटक पिठ्युँको शल्यक्रिया गरिएको थियो । सोही शल्यक्रियाका कारण निकट समयमै हुन लागेको मास्टर्स प्रतियोगिता उनले त्याग्ने सम्भावना थियो । सन् २०१९ मा उनले यो प्रतियोगिता जितेका थिए ।

उड्सको दुर्घटनाप्रति विश्वका गल्फ खेलाडी तथा शुभेच्छुकहरुले दुःख व्यक्त गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x