बाँडफाँड हुँदै महिला लघुवित्तको आईपीओ, कति पर्ला ?


महिला लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) शुक्रवार बाँडफाँड गर्ने भएको छ । 

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले शुक्रबार बिहान ८ बजे हात्तिसार स्थित नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँड हुने जनाएको हो ।


Advertisement

लघुवित्तले माघ ३० गतेदेखि फागुन ५ गतेसम्म प्रतिशेयर मूल्य १०० रुपैयाँ अंकित दरका ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

जसमध्ये ५ हजार कित्ता शेयर संस्थाका कर्मचारी तथा २० हजार कित्ता शेयर सामुहिक लगानीकोषहरुका लागि छुट्याइएका थियो । 


Advertisement

बाँकी ३ लाख ७५ हजार कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।

बिक्री प्रबन्धकका अनुसार लघुवित्तको आईपीओमा कुल १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएका छन । जसमध्ये १५ लाख ३६ हजार ६८२ जनाको आवेदन सदर भएको छ भने ३ हजार ३५३ आवेदकको आवेदन रद्ध गरिएको छ ।

यस मध्येमा ३७ हजार ५०० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले आईपीओ पाउनेछन् ।   सदर आवेदकमध्ये १५ लाख २ हजार ५३५ जनाको हात खाली हुने बताइएको छ ।  

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्