×

NMB BANK
NIC ASIA

मृतकको डिम्याट खाताबाट आईपीओ

फागुन १३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

गत साता एउटा मर्चेन्ट बैंकिङ कार्यालयमा सेयर नामसारीका लागि एक व्यक्ति आए । उनी पाँच महिनाअघि मृत्यु भएकी श्रीमतीका नाममा रहेको सेयर नामसारीका लागि आएका थिए । तर उनको डिम्याट खातामा मृत्युपछि निष्कासन भएका प्राथमिक सेयर (आईपीओ) पनि थिए ।

Sagarmatha Cement
Muktinath Bank

मर्चेन्टका कर्मचारीले मृत्यु भएको र आईपीओ निष्कासनको मिति दाँजेर हेर्दा पत्ता लाग्यो । ती व्यक्तिले श्रीमतीको मृत्युपछि पनि मृतककै खाताबाट (मेरो सेयरमार्फत) सेयर भर्दै आएका रहेछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


चार महिनाअघि सेयर नामसारीकै लागि अर्का एक व्यक्ति सेयर रजिस्ट्रार कार्यालय पुगे । ती व्यक्ति डेढ वर्षअघि मृत्यु भएका बुबाको नाममा रहेको सेयर आफ्नो नाममा नामसारीका लागि आएका थिए । बुबाको मृत्युपछि पनि ती व्यक्तिले मृतकको नाममा सेयरमा लगानी गर्दै आएका रहेछन् ।


Advertisment
Nabil box
Kumari

यी त उदाहरण मात्र हुन् । परिवारका सदस्यको मृत्युपछि पनि मृतकको नामबाट सेयरमा आवेदन दिने क्रम रोकिएको छैन । सेयरमा आवेदन दिँदा व्यक्तिका बारेमा प्रमाणीकरण गर्ने संयन्त्र नहुँदा यस्तो प्रवृत्ति बढ्दै गएको जानकारहरू बताउँछन् । मृतकको खाताबाट आवेदन दिएर आईपीओ परेको पत्ता लागेपछि यो विवाद मिलाउन भन्दै सीडीएस एन्ड क्लियरिङले नियामक निकाय धितोपत्र बोर्डमा पठाएको छ । उजुरी प्राप्त भएको र त्यसलाई कसरी समाधान गर्ने भन्ने बारेमा सम्बन्धित विभागले अध्ययन गरिरहेको धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले बताए । ‘यस्ता घटनाबारे स्पष्ट नीतिगत व्यवस्था छैन,’ उनले भने, ‘यसकारण अब के गर्ने भन्नेबारेमा अध्ययन गरिरहेका छौं ।’ यो घटनामा डिम्याट खाता मात्र नभई मृतकको बैंक खाता पनि सुचारु भएको हुनुपर्छ, जुन राष्ट्र बैंकको कार्यक्षेत्र हो । यसकारण आवश्यक परे यो विषयमा राष्ट्र बैंकको पनि राय लिइने उनले बताए ।

Vianet communication
Laxmi Bank

मान्छे मर्ने बित्तिकै खाता बन्द गर्ने भन्ने हुँदैन । तर मृतकको खातामा रहेको सेयर हकवालालाई नामसारी गरिसकेपछि खाता बन्द गरिन्छ । यसकारण मृतकको सेयर नामसारी प्रक्रिया सुरु हुनुअघि ती विषय थाहा पाउन नसकिने सीडीएस एन्ड क्लियरिङका प्रवक्ता सुरेश न्यौपानेले बताए । ‘कानुनी रूपमा मृतकको खाताबाट सेयरमा आवेदन दिन पाइँदैन,’ उनले भने, ‘तर त्यस्ता व्यक्तिका बारेमा पत्ता लगाउने संयन्त्र छैन ।’ यस्ता केही उजुरी प्राप्त भएको उनले बताए । उजुरीपछि मृतकको खाता सञ्चालन भइरहेको र खातामा परेको सेयरबारे के गर्ने भन्नेबारे आवश्यक निर्देशनका लागि धितोपत्र बोर्डमा पठाइएको प्रवक्ता न्यौपानेले जानकारी दिए । ‘स्पष्ट नीतिगत व्यवस्था नहुँदा केही गर्न सकिने अवस्था छैन,’ उनले भने ।

व्यक्तिको मृत्युपछि उनको नाममा रहेको सेयर हकवालालाई नामसारी हुने कानुनी व्यवस्था छ । तर व्यक्तिको मृत्यु भएको यत्ति नै समयमा नामसारी गर्नुपर्छ भन्ने उल्लेख छैन । यसकारण कसैले मृत्यु हुनसाथ नामसारी गर्छन् त कसैले ढिलो । नामसारीपछि मात्र मृतकको खाता खारेज हुने भएकाले खारेज नहुँदासम्म पासवर्ड र युजरनेम थाहा भएका व्यक्तिले खाता सञ्चालन गर्न सक्छन् । सेयर नामसारीका लागि आउँदा सेयर रजिस्ट्रार (मर्चेन्ट बैंकिङ) बाट कुन–कुन मितिमा सेयर परेको छ भन्ने हेर्न सकिन्छ । तर लामो समय हुँदा ती परीक्षण गर्न सम्भव नभएको जानकारहरू बताउँछन् । हाल अनलाइनमार्फत डिम्याट खाता र मेरो सेयर नवीकरण गर्न पाइन्छ ।

खातावालाको मृत्यु भए/नभएको कुरा परिवारले नभन्दासम्म जानकारी नहुने मर्चेन्ट बैंकर्स संघका अध्यक्ष मेखबहादुर थापाले बताए । ‘समयसमयमा केवाईसी अद्यावधिक गर्दा खातावाला स्वयं उपस्थित हुनैपर्छ । अन्य अवस्थामा उपस्थित हुनु पर्दैन,’ उनले भने, ‘यसकारण खातावाला जीवित वा मृतक भन्ने बारे जानकारी हुँदैन ।’

हालसम्म करिब २९ लाख ४० हजार ५ सय २१ वटा डिम्याट खाता खुलेका छन् । सेयर बजार निरन्तर बढेसँगै डिम्याट खोल्नेको संख्या पनि बढेको छ, जसअनुसार दोस्रो बजारमा अनलाइन कारोबार गर्ने लगानीकर्ताको संख्या पनि बढेको छ । गत आइतबारसम्म ३ लाख ७६ हजार २ सय ६१ जनाले अनलाइन कारोबारका लागि ‘युजर नेम र पासवर्ड’ लिएका छन् । तीमध्ये १ लाख ९५ हजार जनाले सक्रिय रूपमा अनलाइनमार्फत कारोबार गरिरहेका छन् । गत भदौ दोस्रो सातासम्म यस्तो संख्या ६४ हजार ६ सय १६ थियो । गत साउन र भदौमा करिब ४० हजार लगानीकर्ताले अनलाइन कारोबारका लागि ‘युजर नेम र पासवर्ड’ लिएका थिए । लकडाउन सुरु हुनुअघि (गत चैत ११ अघि) यस्तो संख्या करिब २६ हजार ६ सय मात्र थियो । यो तथ्यांकले पछिल्लो ६ महिनामा अनलाइन कारोबार गर्ने लगानीकर्ताको संख्या तीन लाखभन्दा धेरैले बढेको देखिन्छ । गत आइतबारसम्म दोस्रो बजारमा सक्रिय लगानीकर्ताको संख्या ५ लाख ५० हजार रहेको नेप्सेले जनाएको छ । कान्तिपुर दैनिकमा यज्ञ बञ्जाडेले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x