प्रचण्ड–नेपालप्रति शान्ता चौधरीको टिप्पणी : आफ्नै घर जलाएर लड्डु खाँदै हिँड्दा पनि अनुहारमा चमक देखिएन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षकी नेत्री शान्ता चौधरीले पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपालप्रति लक्षित गर्दै पछि झल्याँस्स हुनुभन्दा अरू केही बाँकी नरहेको टिप्पणी गरेकी छन् । 

बिहीवार ट्वीटरमा एक ट्वीट गर्दै नेत्री चौधरीले प्रचण्ड नेपालको अनुहारमा कुनै चमक नदेखिएको समेत बताएकी छन् । 


Advertisement

आफ्नै घर जलाएर पुरै खरानी बनाइसकेर त्यही खरानी धसेर बिजय जुलुस निकाल्दै लड्डु खाँदै हिँड्दा उनीहरूको मनमा कुनै आत्मग्लानि नभएको समेत उनको भनाइ छ ।

उनले भनेकी छन्, 'तर पनि अनुहारमा कुनै चमक देखिएन अब बिस्तारै त्यो खरानीले भत्भती पोल्ने दिन आउला अनि त्यसपछि झल्याँस्स हुनुभन्दा के बाँकी रहने भयो र !'


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्