प्रधानमन्त्री ओलीले राजीनामा दिएर बाटो खोलिदिनुपर्छ : मोहनविक्रम सिंह

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध आएको सर्वोच्च अदालतको फैसलाले संविधान बलियो बनेको बताएका छन् । 

प्रतिनिधिसभा पुनःस्थापनाले संविधान झनै बलियो, विश्वसनीय र सुदृढ बनेको सिंहको दाबी गरे ।


Advertisement

प्रगतिशील पत्रकार संघले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता सिंहले अदालतको फैसलापछि प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएर बाटो खोलिदिनुपर्ने बताए ।

सिंहले भने, ‘अब ओलीले बाटो खोलिदिनुपर्छ । छलछाम गर्न खोजिँदैछ । कानूनविद्ले प्रतिनिधिसभा विघटनविरुद्ध गरेको जोडदार वकालतप्रति पनि धन्यवाद दिन चाहन्छु । बहुमतको सरकारलाई अंगभंग गरेर अस्थिरता ओली आफैंले पैदा गरेका हुन् । अब उनले निर्विकल्प बाटो खोलिदिनुपर्छ ।’


Advertisement

सर्वोच्चको फैसलापछि पनि अब मुलुक अस्थिर बन्ने उनले दाबी गरे । ‘अब नयाँ–नयाँ जटिलताहरू थपिँदै जानेछन्, ओलीको अँध्यारो यात्रामा अंकुश लगाए पनि,’ उनले भने, ‘नेकपा कानूनी रूपमा विभाजन भइसकेको पनि छैन, संसदका एउटा पार्टीको पनि बहुमत छैन । अब अस्थिरता पैदा हुँदै जाने र देशमा विदेशी चलखेल बढ्दै जानेछ ।’

अब तराईमा विखण्डकारी शक्तिहरूको चलखेल बढ्ने, एमसीसी पारित गराउन चाहन शक्ति लाग्ने उनको बताए । राजावादीहरूबाट पनि मुलुकमा खतरा देखिएको सिंहले बताए ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्