×

NMB BANK
NIC ASIA

खोपले काम गरेन, भटाभट मरे कुखुरा

फागुन १३, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

पछिल्लो समय कुखुरा मर्न थालेपछि  जिल्लाका किसान चिन्तित बन्न थालेका छन् । एकै दिन एकै किसानका एक हजार हाराहारीमा कुखुरा मर्न थालेका छन् । उनीहरूका अनुसार पहिले कुखुरा झोक्राउने, हरियो र सेतो रङको दिसा गर्ने, चारो नखाने लक्षण देखिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

आइतबार र सोमबारमा एक हजार २०० कुखुरा मरेको पोल्ट्री व्यवसायी विनोद पोखरेलले जानकारी दिए ।  एकैपटक दुई जातिका कुखुरा मर्दा रु साढे चार लाखभन्दा बढी क्षति व्यहोर्नुपरेको उनको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“आइतबार र सोमबारमा सबै कुखुरा मर्‍यो, आज हेर्दा अब १५ वटा जति च्याउच्याउ गर्दै पल्टिरहेको छ”, उनले भने, “मरेका कुखुरा पुरेका पनि छैनाँै, एक्लैले पुर्न सम्भव भएन अब मान्छे खोजेर पुर्नुपर्ला ।”


Advertisment
Nabil box
Kumari

पोल्ट्री व्यवसायी सङ्घका अध्यक्ष दिनेश महतले  २५० लोकल  र १००  कडकनाथ जातको कुखुरा मरेको जानकारी दिए  ।

Vianet communication
Laxmi Bank

उनले रु तीन लाख ८० हजारभन्दा बढी क्षति भएको बताए । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलामले रानीखेतको कारण कुखुरा मरेको जनाएको छ । किसानले भने रानीखेतको खोप लगाएको कुखुरासमेत मरेको जानकारी दिएका छन्  ।

“मैले कुखुरामा रानी खेतको खोप लगाएको थिएँ, तर पनि सबै कुखुरा मर्‍यो”, उनले भने, “खोप लगाउँदा पनि काम लागेन ।”

सात दिन अघिदेखि इलाम नगरपालिका क्षेत्रमा किसानले पालेको कुखुरा मरेको पशु प्राविधिक प्रकाश लुइँटेलले जानकारी दिए ।

“झोक्राउने, हरियो सेतो छेर्ने, चारो नखाने लक्षण देखिएपछि कुखुरा मर्न थालेका छन्”, उनले भने, “कुखुरा बिरामी पर्न थालेको दुई÷तीन दिनमा फार्म नै रित्तिन थालेको छ ।”

कुखुरा मर्न थालेपछि भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले नमूना सङ्कलन गरेर विराटनगरको प्रयोगशालाको पठाएको थियो ।

परीक्षण गर्दा कुखुरामा रानीखेतको भाइरस देखिएको डा सञ्जय ढुङ्गनाले जानकारी दिए । “कतिपय किसानले रानीखेतको खोप नै लगाउँदैनन्, कसैले खोप लगाउने कसैले खोप नलगाउने भएपछि कुखुरामा रोग देखिएको हुनसक्छ”, उनले भने, “ खोप लगाउँदासम्म तापक्रम मिलाइएन भने त्यसको प्रभावकारिता नहुनसक्छ ।”

कुखुरा फार्ममा जथाभावी आवातजावत गर्ने, कुखुराको चल्ला तथा दानाको ओसारपसार गर्दा सुरक्षा सावधानी नअनाउँदा एकैपटक भाइरसको सङ्क्रमण फैलिएको हुनसक्ने उनी बताउँछन् । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x