कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्यामा बिहीवार ८३ जना थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार बिहीवार मृतकको संख्यामा ८३ जना थपिएका छन् ।
यससँगै कोरोनाले मृत्यु हुनेको कूल संख्या २ हजार ७६७ पुगेको छ । बुधवार मृतकको संख्यामा ६१९ जना थपिएका थिए ।
पछिल्लो २४ घण्टामा थप ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कूल संक्रमितको संख्या २ लाख ७३ हजार ८७२ पुगेको मन्त्रालयले जनाएको छ ।
कूल संक्रमितमध्ये हालसम्म २ लाख ७० हजार २२३ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा ८४ संक्रमित निको भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ८८२ रहेको मन्त्रालयले जनाएको छ ।
लोकान्तर संवाददाता