×

NMB BANK
NIC ASIA

गाउँगाउँमा इजरायलको अत्याधुनिक कृषि प्रविधि : मन्त्री अर्याल

फागुन १३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कृषि तथा पशुपक्षी विकासमन्त्री पद्मा अर्यालले गाउँगाउँमा इजरायको अत्याधुनिक कृषि प्रविधि पु¥याइने बताएकी छन् ।

Muktinath Bank

लमजुङको बेँसीशहर नगरपालिका–२ मा निर्माणाधीन श्रीजङ्ग गण नेपाली सेनाको व्यावसायिक कृषि तथा पशुपालन तालीम केन्द्रको आज अवलोकन गर्दै मन्त्री अर्यालले सो जानकारी दिएकी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भनिन्, 'विश्वमै अगाडि मानिएको इजरायलको कृषि प्रविधि गाउँगाउँमा पु¥याउन सके देश समृद्धितर्फ अघि बढ्नेछ । कृषिको विकास हुन सकेमा मात्र देशको विकास हुनेमा हामी स्पष्ट छौँ ।'


Advertisment
Nabil box
Kumari

व्यावसायिक कृषि, आधुनिकरण र यान्त्रिकीरण भए मात्र सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना साकार हुँदै देश समृद्ध हुने मन्त्री अर्यालको भनाई छ । नेपालका लागि इजरायलका राजदूत खनान गोडरले ७० वर्षअघिसम्म खाद्यान्न अभाव हुने इजरायल अहिले अत्याधुनिक प्रविधिको उपयोगकै कृषिमा आत्मनिर्भर भई कृषिजन्य उत्पादन निकासी गर्ने अवस्थामा पुगेको बताए ।

Vianet communication
Laxmi Bank

उनले आधुनिक प्रविधिसँग जोड्ने हो भने नेपालमा पनि कृषि क्षेत्रमा परिवर्तन सम्भव रहेको बताए ।

सो मन्त्रालयका सचिव डा योगेन्द्र कार्की, नेपाली सेनाका बलाधिकृत रथी प्रभुकुमार शर्मा, बेँसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याललगायतले युवा शक्तिमा चासो र लगनशिलताका साथ कृषि पेशामा लागेमा मुलुक कृषिमा फड्को मार्न सक्ने जनाए ।

नेपाली सेनाको कल्याणकारी कोषले नमूना परियोजनाका रुपमा शुरु गरेको यस तालीम केन्द्रले सैनिक परिवारका २० जना युवायुवतीलाई छानेर पढाइरहेको छ ।

बीएस्सीएजीसम्मको पढाइ सञ्चालन गर्ने लक्ष्य राखेको यो तालीम केन्द्र ३६७ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

सेवा निवृत्त सैनिक, उनीहरुका परिवार र सर्वसाधारणलाई आधुनिक कृषि तालीम दिने लक्ष्य लिएको यो तालीम केन्द्रमा पनि इजरायलको प्रविधि भित्र्याइने भएको छ । यहाँ करिब रु १५ करोड बढी लागतमा यस तालीमको भवन निर्माण भइरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x