बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३ महाराजगंज बस्ने ४९ वर्षीय सुधिर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
बैकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७७ पुस २९ गतेको फैसलाले २१ लाख ५० हजार रुपैयाँ जरिवाना र ७ दिन कैद हुने ठहर भएकोमा उक्त सजाय वेरुजु रही फरार रहेका सुधिरलाई काठमाडौं ठमेलमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजको प्रहरीले पक्राउ गरेको हो ।

सुधिरले २०७५ जेठ ७ गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी भैरवी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई रकम भुक्तानी गर्नका लागि नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडको चेक काटी दिएकोमा बैकिङ कसूरजन्य अपराध गरेको ठहर भई उक्त सजाय भएको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।  


Advertisement

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्