×

NMB BANK
NIC ASIA

टेकोकै भरमा संस्कृत विश्वविद्यालय भवन

फागुन १४, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels
Marvel

विगत पाँच वर्षदेखि १४ वटा टेकोको भरमा अडिएको वसन्तपुरस्थित नेपाल संस्कृत विश्वविद्यालयको भवन पुनर्निर्माण÷सबलीकरणतर्फ अझै सम्बद्ध निकायको ध्यान जान सकेको छैन ।

Sagarmatha Cement
Muktinath Bank

विश्व सम्पदा क्षेत्र, आन्तरिक तथा बाह्य पर्यटकको विशेष आकर्षण क्षेत्रमै रहेको काठको कलात्मक उक्त भवन अझै कहिलेसम्म पुनर्निर्माण हुने हो यकिन हुन सकेको छैन । उक्त भवनमा संस्कृत विश्वविद्यालयको काठमाडौँ सम्पर्क कार्यालय सञ्चालन हुँदै आएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रीस्तरीय बैठकले सम्पर्क कार्यालय राखेर विश्वविद्यालयले लामो समयसम्म पदाधिकारी खटाउन नपाउने निर्णयपछि सम्पर्क कार्यालय दाङ बेलझुन्डीकै विश्वविद्यालयमा २०७५ सालमै गाभिएको विश्वविद्यालयका रजिस्टार माधव अधिकारीले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

विश्व सम्पदा क्षेत्रमै अवस्थित काठको कलात्मक तथा बहुमूल्य सामग्रीयुक्त त्यस सम्पदाको सबलीकरण वा पुनर्निर्माणका लागि पुरातत्व विभागलाई अनुरोध गर्दा तत्काल बजेटको अभाव रहेकाले आउँदा वर्षमा त्यस भवनलाई लक्षित गरी बजेट छुट्याउने आश्वासन पाएको अधिकारीले बताए ।

Vianet communication
Laxmi Bank

विनाशकारी भूकम्पपछि त्यस भवनको सबलीकरणका लागि जापानी संस्था ‘कोइका’ ले योजनासहित विस्तृत परियोजना ल्याएको सुनेको तर त्यो काम हुन नसकेको उहाँले बताए । सम्पर्क कार्यालयका साथै अध्ययन अनुसन्धानका काम समेत हुने सो भवनमा भूकम्पले क्षति पुगेपछि उपयोग गर्न नसकिने अवस्थामा पुगेको रजिष्टार अधिकारीले बताए ।

ठाउँ–ठाउँमै चिराचिरा परेको त्यस भवनको मुनि साना नाङ्ला पसल, चिया पसल तथा क्युरियो पसल सञ्चालन हुँदै आएका छन् । त्यस क्षेत्रमा विगत २३ वर्षदेखि क्युरियो पसल सञ्चालन गर्दै आएका हरि कार्कीले २०७२ सालपछि सधैँ नै भवन भत्कने हो कि भन्ने चिन्ताले सताउने गरेको अनुभव सुनाए ।

‘‘वैशाख १२ गते पनि भर्खरै पसलका सामान राख्दै थिएँ, भूकम्पले त्यो भवन भत्केर मरिने त्रासमा पसलका सामान त्यसै छाडेर ज्यान जोगाउँदै भागेँ । भवन नबन्दा यस क्षेत्रमा पसल, व्यवसाय गर्ने र भवनको वरिपरिका बासिन्दा त्रासमै बाँचिरहेका छौँ’’, कार्कीले भने । यस विषयमा वसन्तपुर दरबार क्षेत्र संरक्षण कार्यक्रम प्रमुख रोशनमान शाक्यले भवनको पुनर्निर्माण वा सबलीकरणबारे जानकारी नभएको बताए । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x