×

NMB BANK
NIC ASIA

अनि निमोठिइन् नाबालिका

फागुन १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–५ की प्रेमा यादव (२१) र मायादेवी गाउँपालिका–३ हरहरवाका राजकुमार यादव (२२) दुई वर्षअघि लगनगाँठोमा कसिएका थिए। वैवाहिक जीवन राम्रै चलिरहेको थियो। तर, विवाहको करिब ७ महिनामा छोरी जन्मिएपछि छिमेकीले ‘बुवा अर्कै रहेको’ भन्दै कुरा काट्न थाले। त्यसले पति/पत्नीबीच खटपट मात्रै परेन, परिवारै भाँडिन पुगेको छ।

Muktinath Bank

‘प्रेमाले छोरी र गाउँघरमा कुरा काटिरहेको विषयमा पूर्वप्रेमीसँग गरेको टेलिफोन संवादमा पूर्वप्रेमीले बच्चा आफ्नो भएको दाबी गरेको श्रीमान्ले सुने’, रूपन्देहीका एसपी प्रवीण पोखरेलले भने, ‘त्यसपछि श्रीमान्ले बच्चा आफ्नो नभई पूर्वप्रेमीको रहेको भन्ने आशंकामा बल पुग्यो।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका–९ का प्रदीप चौधरी (२६) प्रेमाका पूर्वप्रेमी हुन्। प्रेमाले छिमेकीले कुरा काटेको र परिवारमा खटपट परेको विषयमा तिहारताका प्रदीपसँग टेलिफोनमा कुरा गरेकी थिइन्। राजकुमारले उक्त टेलिफोन संवाद सुनेका थिए। त्यसपछि दिनहुँजसोको झगडाले प्रेमा मानसिक तनावमा परिन्। तब उनले नाबालिका छोरीको हत्या गरी आफूले आत्महत्या गर्ने योजना बनाएको अनुसन्धानमा खुलेको छ।


Advertisment
Nabil box
Kumari

‘पहिला उनले फागुन ९ गते राति एक वर्षीया छोरीको घाँटी डोरीले कसेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ’, रुपन्देही प्रहरीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले भने, ‘त्यसपछि त्यही डोरीको प्रयोग गरी पंखामा झुन्डिन खोज्दा नन्दले डोरी काटेर उनलाई जोगाएको पाइएको छ।’

Vianet communication
Laxmi Bank

तनावका बेला सम्हालिन नसकेकी प्रेमाले नाबालिका छोरी संगीताको छटपटाहट, चिच्याहट, तडपाइ सुनिनन्। अन्ततः उनले अबोध ‘कोपिला’लाई निमोठेरै छाडिन्। श्रीमान, श्रीमती, ससुरा बुद्धिराम यादव (५५) र सासू राजमती यादव (४५)ले प्रहरीलाई खबर नगरी त्यही रात स्थानीय दानव खोलानजिक बालिकाको शव गाडेका थिए। तर, बालिकाको मृत्यु शंकास्पद रहेको सूचना प्राप्त भएपछि प्रहरीले त्यही रात शव गाडेको स्थानबाट झिकेको थियो। उक्त शव पोस्टमार्टमका लागि भीम अस्पताल भैरहवामा पठाइएको थियो। घटनाको भोलिपल्ट मामाले नाबालिकाको शव बुझेर दाहसंस्कार गरेको प्रहरीले जनाएको छ।

रूपन्देही प्रहरीले ज्यानसम्बन्धी कसुर, दुरुत्साहन र मतियार आरोपमा प्रेमा, राजकुमार, राजमती, बुद्धिराम र प्रदीपलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। अभियुक्तहरूलाई भैरहवास्थित जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिएको छ। घटनाको अनुसन्धानका लागि अभियुक्तविरुद्ध जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइएको एसपी पोखरेलले बताए। एसपी पोखरेलले भने, ‘घटना अनुसन्धानकै क्रममा रहेकाले धेरै विषय पछि खुल्दै जानेछ।’ अन्नपूर्ण पोस्टमा सलमान खानले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x