कोरोनामा नेपाल फर्किनेहरु फेरि धमाधम विदेश जान थाले

कोरोना  महामारीकै  बीचमा  स्वदेशमा रोजगारीको अवसर नपाएपछि नेपाली युवा वैदेशिक रोजगारीमा  जान  बाध्य  छन् ।  नेपाली  श्रमिकको  आकर्षक गन्तव्य  मानिएका  खाडीका  मुलुकमा  कोरोना  भाइरसको सङ्क्रमण  घट्दै  गएको  र  खोप  लगाउन  सुरु  भएसँगै रोजगारीका लागि विदेशिनेको सङ्ख्या बढेको हो ।

विशेषगरी  नेपालीहरूको  रोजाइमा  खाडी  मुलुक  साउदी अरब,  संयुक्त  अरब  इमिरेटस्  (यूएई)  कुबेत,  बहराइन  र मलेसिया लगायतका देश पर्ने गरेका छन् । वैदेशिक रोजगार विभागका अनुसार गत माघमा मात्रै १७ हजार  ८८७  जनाले  श्रम   स्वीकृति  लिएका  छन् ।  जसमा  एक हजार ४५१ महिला रोजगारीका लागि विभिन्न देश गएका छन् भने १६ हजार ४३६ पुरुषले श्रम  स्वीकृति लिएका छन् । कोरोनाका कारण रोजगारी विदेशमा रोजगारी गुमाएर झण्डै तीन  लाख  नेपाली   स्वदेश  आएका  छन् ।  


Advertisement

सरकारले  कोरोनाको विपद्  सुरु  हुँदा  विदेशबाट  फर्केका  श्रमिकलाई  नेपालमा  नै रोजगारी  दिने  घोषणा  गरेको  थियो  तर  त्यसअनुसार  रोजगारी सिर्जना  हुन  नसक्दा  कोरोना  त्रासकै  बीचमा  हजारौँ  सङ्ख्याका नेपाली  युवा  वैदेशिक  रोजगारीमा  गएको  माथिको  तथ्याङ्कले देखाएको  छ ।  सो  महिनामा  सबैभन्दा  बढी  श्रमिक  संयुक्त  अरब इमिरेट्स यूएई गएको विभागले जनाएको छ । विभागका  अनुसार  सो  अवधिमा  चार  हजार  ५४९  पुरुष र ६५९ महिला गरी जम्मा पाँच हजार २०८ जना नेपाली यूएई गएका छन् ।

यस्तै साउदी अर्ब चार हजार ९७८ जना श्रमिक रोजगारीका  लागि  विदेशिएका  छन् ।  त्यसपछि  कतारमा  चार हजार  ९६६  जना  नेपाली  रोजगारिका  लागि  माघ  महिनामा गएको वैदेशिक रोजगार विभागको तथ्याङ्क छ । यस्तै ओमानमा ३४४ जना रोजगारीका लागि गएका छन् भने मलेसियामा जम्मा १६ जना मात्रै गएका छन् । मलेसिया नेपालीका प्रमुख  श्रमगन्तव्य  मुलुक  भए  पनि  त्यहाँ  अझै  कोरोना  सामान्य अवस्था  नभएकाले  बन्दाबन्दीकै  अवस्था  रहेकाले  मलेसियाबाट माग नआएको विभागका महानिर्देशक कुमार दाहालले बताए । गोरखापत्रमा खबर छ ।


Advertisement

 

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्