×

NMB BANK
NIC ASIA

सदीक्षाको साहस, ....अनि न्याय पाउने दिशामा अघि बढ्यो मुद्दा

फागुन १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सदीक्षा बाँस्तोला अमेरिकाको टेक्सासमा पाइलटको तालिम लिइरहेकी थिइन् । पुस ५ गते राति अचानक फोनको घण्टी बज्यो । त्यसपछि जुरुक्क उठेकी उनी अहिले पनि राम्ररी सुत्न सकेकी छैनन् ।

Muktinath Bank

दाजु प्रवीणको मृत्युको खबरले उनी घर फर्कने तयारीमा लागिन् । र, तीन दिनपछि उर्लाबारी आइपुगिन् । ‘सक्नै लागेको पढाइ गर्न त जीवन बाँकी छ । तर एक्लो दाजुको मुख फेरि हेर्न नपाउने भएकाले तत्काल प्लेन चढेर आएँ,’ उनले भनिन्, ‘घटनाबारे बुझ्दा दाजुको सामान्य मृत्यु नभई हत्या नै भएको निष्कर्षमा पुगें ।’ पटकपटक गएर इलाका प्रहरी कार्यालय उर्लाबारीमा बुझ्दा अनुसन्धान भइरहेको भन्ने तर किटानी जाहेरी लिन नमान्ने गरेको उनले सुनाइन् । ‘पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै किटानी जाहेरी लियो । त्यसपछि सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने भन्दै दुई पटक फाइल फिर्ता गरेको पनि जानकारी पायौं ।’ हत्या घटना भए पनि प्रहरीले संलग्न भएको आरोपमा पक्राउ परेकालाई अभद्र व्यवहारमा मुद्दा चलाएपछि झन् शंका थपिएको उनले बताइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

किटानी जाहेरी दिएको ४/५ दिनमै पक्राउ परेकाहरूलाई सरकारी वकिल कार्यालय विराटनगरको आदेशमा प्रहरीले छाडेको थियो । अनुसन्धानमा प्रहरीले ढिलासुस्ती गर्दै घटना दबाउन खोजेको भन्दै आफन्तको साथमा सदीक्षा आइतबार इलाका प्रहरी कार्यालय पुगिन् ।
 ‘कस्तो अनुसन्धान भइरहेको भनेर प्रहरीसँग सोधखोज गर्‍यौं । फाइल देखाउन दबाब दियौं,’ उनले भनिन्, ‘फाइल हेर्दा त दाजुको फोटोमा फोटोसप गरी अर्कै फोटो राखेको फेला पर्‍यो ।’ फर्जी फोटो राख्ने प्रहरीले अनुसन्धानमा अरू के–के गरेको होला भन्ने मनमा प्रश्न आएको उनले सुनाइन् । त्यसपछि उनले प्रहरी लापरबाहीबारे जानकारी गराउँदै फेसबुकमा लाइभ गरिन् । उनले गरेको लाइभमा प्रहरीले तत्काल अर्को फाइल खडा गरेको समेत रेकर्ड भएको छ ।


Advertisment
Nabil box
Kumari

हत्या घटनामा प्रहरी अनुसन्धानमा भएको ढिलासुस्ती, प्रहरीको शंकास्पद गतिविधिलाई लिएर चौतर्फी सत्यतथ्य छानबिनको आवाज उठिरहेको छ । उनको अगुवाइमा भएको दबाबले जिल्ला प्रहरी मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईको नेतृत्वमा छानबिन टोलीसमेत गठन भएर अनुसन्धान भइरहेको छ । सदीक्षाको आवाजले हत्या घटना न्यायालयसम्म आइपुगेको स्थानीय बताउँछन् । प्रमाण संकलनका लागि तत्काल लाइभ नगरेको भए आफूलाई गलत सावित गर्न बेर नलाग्ने उनको भनाइ छ । मुद्दा अदालतसम्म पुगेकाले अब न्याय नमर्ने उनले विश्वास गरिन् ।

Vianet communication
Laxmi Bank

सामान्य परिवारकी उनी स्थानीय माध्यमिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेर काठमाडौंको एक इन्स्टिच्युटमा एयर होस्टेजको तालिम लिन्थिन् । सौर्य र श्री एयरलायन्समा काम गरेर उनी पाइलट कोर्सका लागि अमेरिका गइन् । उनको पढाइ सकिन चार महिना बाँकी छ । तर दाजुलाई न्याय प्राप्तिको सुनिश्चितता नहुन्जेल नफर्किने उनको अठोट छ । ‘सामाजिक सञ्जालको शक्ति यतिसम्म हुँदो रहेछ भन्ने मैले सोचेको थिइनँ,’ उनले भनिन्, ‘न्यायको यो अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिन्छु ।’ कान्छी सदीक्षासहित तीन दिदीबहिनीका एक्ला माइती हुन्, प्रवीण । ‘दाइ अब फर्केर त आउन सक्नुहुन्न,’ उनी भन्छिन्, ‘न्याय पाए परिवारका सबैले कम्तीमा चित्त बुझाउँथे, त्यही भएर यत्तिका संघर्ष गर्नुपरेको छ । तर, न्यायको संघर्ष सकिएको छैन ।’ कान्तिपुरमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x