×

NMB BANK
NIC ASIA

लयमा आउँदै पर्वतारोहण : सगरमाथा चढ्न तीन सयको ‘बुकिङ’

फागुन १४, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels
Marvel

कोरोना सङ्क्रमणका कारण गत वर्ष मुख्य सिजनमै असर बेहोरेको नेपालको पर्वतारोहणमा यस वर्ष भने सुधारको सङ्केत देखिएको छ । विदेशी पर्यटकलाई नेपाल प्रवेशबापत अझै पनि क्वारेन्टिन बस्नुपर्ने प्रावधानका कारण अन्य पर्यटकीय गतिविधि खुम्चिए पनि पर्वतारोहणमा भने पर्यटकको चासो बढेको देखिन्छ ।

Muktinath Bank

नेपालको पर्वतारोहणमा मुख्य सिजन मानिने वसन्तयाम (अप्रिल र मे)का लागि यतिबेला ‘बुकिङ’ चलिरहेको नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङ छिरिङ शेर्पाले बताए । उनका अनुसार अहिलेसम्म वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय जना आरोहीहरूले बुकिङ गरिसकेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पर्वतारोहणका लागि तुलनात्मक रूपमा लामो समय खर्चिनुपर्ने भएकाले क्वारेन्टिनको प्रावधान यसका लागि त्यति बाधक नहुँदा पनि आकर्षण बढेको शेर्पाको भनाइ छ । सगरमाथाबाहेक अन्य हिमालमा पनि आरोहीहरूको चासो रहेको उनले बताए ।


Advertisment
Nabil box
Kumari

सरकारले कोरोना सङ्क्रमणकै अवस्थामा मन्त्रिपरिषद्बाटै बहराइनका राजकुमारसहितको टोलीलाई मनास्लु हिमाल आरोहणको अनुमति दिएको थियो । टोलीले गत असोज २९ गते मनास्लु हिमालको सफल आरोहण गरेको थियो । कोरोना सङ्क्रमणयता भएको उक्त आरोहण नै विदेशी टोली सम्मिलित पहिलो आरोहण थियो ।

Vianet communication
Laxmi Bank

त्यसपछि कतारका राजकुमारसहितको टोलीले कात्तिक २६ गते अमादब्लम हिमालको आरोहण गरेको थियो । राजपरिवार सदस्यकै चासोले पनि कोरोनाकै अवस्थामा पर्वतारोहणका गतिविधि सुरु भएको थियो ।

मुख्य सिजनमा पर्वतारोहण हुन नसके पनि पर्यटन विभागले हिउँदयामका लागि भने अनुमति खुला गरेको थियो । विभागको पछिल्लो तथ्याङ्क अनुसार हिउँदयामको पर्वतारोहणका लागि अहिलेसम्म ४५ जनाले अनुमति पाइसकेका छन् । यसबीचमा लुजा पिक, क्युङ्ग्या रीप् टु, अमादब्लम, सुर्मा सरोवर, रोकापी, मनास्लु, थापा पिक, चुक्युमा हिमाल आरोहणका लागि अनुमति प्रदान गरिएको विभागले जनाएको छ ।

पर्वतीय पर्यटनका लागि आरोहीले एक महिनाभन्दा बढी नै समय बिताउने भएकोले पाँच दिन क्वारेन्टिन बस्नुपरे पनि पर्वतारोहण भने चालू रहेको शेर्पा बताउँछन् । तर सीमित अवधिका लागि मात्र नेपाल आउने पर्यटकलाई क्वारेन्टिन प्रावधानका कारण पदमार्ग तथा घुमघामका लागि भने पर्यटक आउन सकेका छैनन् ।

पर्यटन व्यवसायीहरूले तत्काल यस्तो प्रावधान हटाएर कोरोना परीक्षणको आधारमा नेगेटिभ रिपोर्ट आएका पर्यटकलाई घुमघामका लागि खुला गर्नुपर्ने माग राखेका छन् । देशभित्रै ठूला आमसभाहरू आयोजना हुँदा पर्यटकलाई क्वारेन्टिनकै कारण नेपाल भित्रिन रोक्न नहुने उनीहरूको भनाइ छ । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x