मंसिर १४, २०८०
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
फागुन १४, २०७७
प्रहरीहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरपोलको खोजी सूचीमा एक यस्ता नेपालीको नाम छ, जो नेपालमा डेढ अर्ब ठगेर फरार भई अमेरिकामा व्यवसायी कहलिएका छन् ।
रेड कर्नर नोटिसमा रहेका उनको नाम हो, पवनकुमार कार्की । ७ जनवरी २०१६ देखि उनको नाम उक्त सूचीमा छ ।
रेडकर्नर नोटिसमा जारी भएको सूचनामा उनले १ अर्ब २२ करोड ८ लाख ९७ हजार १४१ रुपैयाँ ५४ पैसा ठगी गरी फरार भएको उल्लेख छ । तर उनले ठगेको रकम यतिमा मात्र सीमित भने छैन ।
उनीविरुद्धका मुद्दाको संख्या मात्र ५७ वटा छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कार्कीलाई पक्राउ गरी नेपाल ल्याउन प्रयास गरिरहेको छ । तर उनी नेपालबाट फरार भएर संयुक्त राज्य अमेरिकाको नागरिक (ग्रीनकार्ड होल्डर) भइसकेकाले अप्ठ्यारो परेको छ ।
‘उनी अमेरिकाको ग्रीनकार्ड होल्डर भइसकेपछि अमेरिकाले पक्राउ गरी नेपाललाई दिन मानेको छैन,’ निर्देशक थापाले लोकान्तरसँग भने, ‘हामीले सरकारमार्फत पनि पहल गरेका थियौं, सफल हुन सकेनौं।’
कार्की डीभी परेर अमेरिकाको टेक्सासमा बस्दै आएका छन् । प्रहरी स्रोतका अनुसार त्यहाँ उनले ‘नमस्ते इन्डिया’ नामक ग्रोसरी पसल सञ्चालन गर्छन् ।
फरार रहेका कार्कीविरुद्ध उच्च अदालत पाटनमा मात्र ५७ वटा मुद्दा दर्ता भएका थिए, जसमध्ये ५५ वटा मुद्दा पुनरावेदनका लागि सर्वोच्चमा पुगेका छन् ।
क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडको प्रबन्ध सञ्चालक रहिसकेका कार्कीले विभिन्न कम्पनी खडा गरी सोही वित्तीय संस्थाबाट ऋण लिएर ठगी गरेको भन्दै उनीसहित १ सय २ जनाविरुद्ध कुल ७ अर्ब ७३ करोड रुपैयाँ बिगोको मुद्दा चलिरहेको छ ।
उनले दक्षिण कोरियाबाट हुन्डीमार्फत नेपालतर्फ पठाइने विदेशी विनिमय हङकङ हुँदै अमेरिका पुर्याउने गरेको समेत अर्थ मन्त्रालयको अध्ययनमा भेटिएको थियो ।
क्यापिटलको ऋण अपचलनमा ५७ मुद्दामा १ सय २ जनालाई प्रतिवादी बनाइएको छ । जसमध्ये ४६ जनाले सफाइ पाएका छन् । ५६ जनालाई भने कैद सजाय तथा जरिवाना भएको सीआईबीले जनाएको छ ।
कार्कीलाई तत्कालीन पुनरावेदन अदालत पाटको वाणिज्य इजलासले बिगो बराबर जरिवाना र १ वर्ष कैद सजाय सुनाएको थियो ।
कार्की फरार रहेकाले न त बिगो असुली हुन सकेको छ, न कैद सजाय नै ।
पवनको ठगीको नालेबेली
पवनकुमार कार्कीले २०६६ वैशाख २४ मा १५ लाख चुक्ता पुँजी राखेर राजेश खड्काको नाममा राजेश काष्ट उद्योग दर्ता गरे ।
केही सामान राखेर उद्योग सञ्चालन गरिरहेको भान पारे । कम्पनी खोलेको ठ्याक्कै एक वर्षपछाडि अर्थात् २०६७ वैशाख २४ गते क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडमा पूँजी १२ करोड बनाउने भन्दै ९ करोड औद्योगिक कर्जा माग गरे ।
राजेश खड्का र पवन कुमार कार्कीले सिन्धुली र काठमाडौंको साङ्लामा भएको जग्गा धितोमा राखे ।
ऋण प्रवाह शाखाका प्रमुख अमूल्य उपाध्याय थिए । मनोज खनाल, शोभा श्रेष्ठ र उपाध्यायले विना मिति ८ करोड कर्जा उपलब्ध गराउने टिप्पणी उठाएर सिफारिश गरे ।
बैंकले राजेश काष्ट उद्योगलाई एक महिनापछि अर्थात २०६७ जेठ ३ गते ८ करोड उपलब्ध गराउने निर्णय गर्यो । त्यसलाई सञ्चालक समितिको समर्थनमा कर्जा समितिमा सिफारिश नलगी ८ करोड ऋण उपलब्ध गराइयो ।
समितिले परियोजना निरीक्षण, धितो निरीक्षण, लगानी उपयुक्तता जस्ता आवश्यक कुनै कुरा उल्लेख नगरी कर्जा उपलब्ध गराएको थियो ।
कर्जा पाएको एक दिनपछि उनले फेरि त्यही कर्जालाई धितो राखी २०६६ जेठ ४ गते १ करोड पुनरकर्जा माग गरे । बैंकका कर्मचारी मनोज खनालले ८ करोडलाई पुनरकर्जा मानेर २ करोड ८८ लाख दिनसक्ने प्रतिवेदन बैंकलाई बुझाए ।
त्यसको अर्को दिन अर्थात २०६७ जेठ ५ गते पुनः ७० लाख रुपैयाँ पुनरकर्जा राजेश काष्ट उद्योगले पायो । उक्त नक्कली कम्पनीले मात्र ८ करोड ७० लाख रुपैयाँ ऋण प्राप्त गर्यो ।
कर्जा लिएको एक वर्षपछि अर्थात् २०६८ भदौ २० गते नेपाल राष्ट्र बैंकले निरीक्षण गर्दा कर्जा प्रवाह गरेअनुसार काष्ट उद्योगमा कर्जा प्रवाह गरेको नपाएपछि कारवाही प्रक्रिया अगाडि बढाएको थियो ।
हुँदै नभएको कम्पनीलाई २२ करोड कर्जा
पवनले हुँदै नभएको कम्पनीको नाममा क्यापिटल मर्चेन्ट बैंकबाट २२ करोड रुपैयाँ कर्जा समेत लिएका थिए । ‘गणेश उमेश फर्निचर उद्योग’ नाम राखेर घरेलु तथा साना उद्योग कार्यालय काभ्रेमा २०५९ जेठ १७ स्थापना भएको उद्योगलाई हरिप्रसाद आचार्यको नामा नामसारी गरे । उनले मासिक आम्दानी १४ लाख ३० हजार भएको कागज जमानी राखेर २०६६ पुस २१ मा औद्योगिक कर्जा १० करोड माग गरे ।
त्यसको सुरक्षण बापत जगदीश विष्टको नाममा रहेको काठमाडौंको तत्कालीन साङ्ला गाविस ९ को १० रोपनी र श्रीराम लामिछानेको ६ रोपनी १३ आना जग्गा जमानी भएको फारमको विवरणमा देखाए । तर लामिछानेको घरको ठेगाना भने खुलाइएको थिएन ।
त्यो समयमा प्रतिवेदन तयार गरी ऋण शाखाका अमूल्यप्रसाद उपाध्यायले व्यवस्थापमा पेश गरे । उक्त शाखामा शोभा श्रेष्ठ, मनोज खनाल र उपाध्याय स्वयं थिए ।
त्यसपछि त्यो निर्णय कर्जा लगानीमा सीमित हुँदै गणेश उमेश फर्निचर उद्योगलाई २०६६ पुस २४ अर्थात् ४ दिनपछि सञ्चालक लक्ष्मणप्रसाद पौडेलको अध्यक्षतामा बसेको बैठकले ९ करोड ऋण उपलब्ध गरायो ।
एक वर्षको बीचमा लगभग सवा करोड ऋण तिरे ७ करोड ६९ लाख रुपैयाँ तिर्न बाँकी थियो । २०६७ चैत १६ गते फेरी ३५ लाख खुद आम्दानी रहको भन्दै १४ करोड रुपैयाँको माग फारम भरे ।
ऋण शाखाका प्रमुख अमूल्यप्रसाद उपाध्यायले १३ करोड कर्जा प्रवाह गर्न मिल्ने भन्दै फेरि त्यही प्रक्रियाबाट अर्को दिन २०६८ चैत २८ मा १३ करोड कर्जा स्वीकृत भएर त्यही दिन भुक्तानी दिइयो ।
राष्ट्र बैंकले निरीक्षण गर्दा काभ्रेमा सञ्चालनमा रहेको भनिएको गणेश उमेश फर्निचर उद्योग भेटिएन तर सञ्चालक भनिएका हरिप्रसाद आचार्य भने भेटिए ।
गणेश उमेश फर्निचर उद्योग, साजन चिनी मिल प्रा.लि., श्रीकृष्ण टी उद्योग, सीता खाँडसरी सुगर मिल, सेतीदेवी फर्निचर उद्योग, श्रीबुढा महांकाल खाद्य प्रोडक्सन उद्योग, आर. के. स्टील फर्निचर उद्योग, जेसप खाद्य प्रोडक्सन, मेगा सप्लायर्स, रुबिसा खाद्य स्टोर, सुविन्द्र श्रेष्ठ, रिद्धिसिद्धी बिटन एण्ड राइस मिल, राजेश काष्ठ उद्योग, समृद्धि इन्भेस्टमेन्ट कम्पनी प्रा.लि., काभ्रे ब्रोइलर सप्लायर्स, मनोरम हाउजिङ, फुल्चोकी दाना उद्योग, श्रीगणेश जेन्टल फिल्म प्रोडक्सन, चित्रकुमार श्रेष्ठ र हलमार्क रेष्टुरेन्ट गरी २० वटा कम्पनी खडा गरी १ अर्ब ४७ करोड ४९ लाख ७५ हजार ठगी गरेकोे आरोपमा मुद्दा चलिरहेको छ ।
सासूको नाममा नयाँ कम्पनी, ठगी गरी फरार
पवनकुमार कार्कीले सासू जानुका केसीलाई विश्वासमा लिएर एउटा फर्म भराए । दस्तखत लिए, तर केका लागि भन्ने खुलाएनन् । त्यो दस्तखतले ठग्ने उद्देश्यले उनले नयाँ कम्पनी खोले । क्यापिटल मर्चेन्टको शेयर समेत किने तर सासूलाई पत्तो दिएनन् । पछि नयाँ कम्पनीका नाममा ऋण लिएर फरार भएपछि मात्र सासूले आफ्नो नाममा ज्वाइँले ठगी गरेको थाहा पाइन् ।
उच्च अदालत पाटनमा ०६८–एफ जे–००५३ नम्बरमा दर्ता भएको मुद्दामा बयानका क्रममा उनले भनेकी छन्, ‘पवनकुमार कार्की मेरो ज्वाइँ नाताका व्यक्ति हुन्, निजको विश्वासमा मैले आफ्नो नागरिकता समेत दिई निजले भने अनुसार दस्तखत समेत गरी दिएको हुँ । उक्त विभिन्न कम्पनीहरू मेरो नामामा रहेको हाल आएर थाहा हुन आयो । क्यापिटल मर्चेन्ट बैकिङ एण्ड फाइनान्स लि.मा मेरो शेयर रहेको नरहेको मलाई जानकारी छैन । उक्त रकम पवनकुमार कार्की समेतका व्यक्तिहरूले नै दुरुपयोग गरेको भन्ने हाल थाहा हुन आयो । मलाई धेरै जनाकारी छैन ।’
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...