नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहकी नेत्री शान्ता चौधरीले आफ्नै घर बलियो बनाएर जनताको मतको सम्मान गर्न नेताहरूलाई अपिल गरेकी छन् ।
नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव कुमार नेपालप्रति लक्षित गर्दै नेत्री चौधरीले दुनियाँको सामु रमिता देखाउन बन्द गर्नुपर्ने समेत बताएकी छिन् ।
उनले भनेकी छन्, 'अहिले सम्म केही बिग्रेको छैन, दुनियाँको सामु रमिता देखाउन बन्द गरौं ,आफ्नै घर बलियो बनाएर जनताको मतको सम्मान गरौं, अरुको दैलो नचहारौँ । यसैमा सबैको भलो हुनेछ ।'
यस्तो छ उनको ट्वीट
हामी आत्तिनु पर्ने कुनै कारण छैन हामी सब एक ठाउमा हौं ,अहिले सम्म केही बिग्रेको छैन, दुनियाँको सामु रमिता देखाउन बन्द गरौं ,आफ्नै घर बलियो बनाएर जनताको मतको सम्मान गरौं, अरुको दैलो नचहारौं । यसैमा सबैको भलो हुनेछ ।
— Shanta Chaudhary (@shantadangnepal) February 26, 2021
लोकान्तर संवाददाता