भारतका अर्बपति मुकेश अम्बानीलाई आयो धम्की

भारतका अर्बपति व्यापारी मुकेश अम्बानीको घरबाहिर एक शंकास्पद कार देखिएपछि अनुसन्धान जारी छ । 

गाडीमा भेटिएको चिट्ठीले धेरै कुरा खुलासा गरेको छ । 


Advertisement

चिट्ठीमा लेखिएको छ, ‘यो त ट्रेलर मात्र हो । नीता भाउजू, मुकेश दाजु, यो त झलक मात्र हो । अर्कोपालि सामान भरिएर तपाईंकहाँँ आउनेछ र त्यसको व्यवस्था भइसकेको छ ।’

मुकेश अम्बानीको घर एन्टिलिया स्कोर्पियो कार भेटिएको थियो । त्यसमा जिलेटिन स्टिक (विस्फोटक पदार्थ)हरू राखिएको थियो । 
त्यसपछि घरमा सुरक्षा व्यवस्था बढाइएको छ । 


Advertisement

यस घटनाका लागि लामो समयदेखि योजना बनाइएको सुरक्षा सूत्रहरूले भारतीय सञ्चारमाध्यमलाई बताएका छन् । 

आरोपितले गाडीलाई अम्बानीको घरभन्दा निकै नजिक राख्न चाहेको भए पनि सुरक्षाका कारण नसकेको बताइएको छ । उसले अम्बानी परिवारको गतिविधिमा नजर राखेको देखिन्छ । 

स्कोर्पियोभित्र मुम्बई इन्डियन्सको ब्याग राखिएको थियो । उक्त क्रिकेट टीमका मालिक मुकेश अम्बानी हुन् । 

त्यो व्यक्ति त्यहाँ स्कोर्पियो राखेर गयो अनि इनोभा कारमा बसेर गयो । 

आरोपित सबैको नजरमा आउन चाहन्थ्यो भनी प्रहरुलिे अनुमान गरेको छ । जुन कम्पनीको जिलेटिन गाडीमा थियो, त्यो नागपुरमा छ । मुम्बई क्राइम ब्रान्चको टोली त्यहाँ गएर अनुसन्धान गर्नेछ । 

मुम्बई क्राइम ब्रान्चको कुल १० टीमले घटनाको अनुसन्धान गरिरहेको छ । पाँचजनामाथि निगरानी गरिएको छ । अनि एन्टिलिया नजिकका सीसीटीभी फुटेज पनि व्यापक हेरिँदैछ ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्