महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ हेर्न नपाउँदा लगानीकर्ता हैरानीमा परेका छन् ।
नतिजा हेर्न मिल्ने तीन वेबसाइटमध्ये दुई साइट खुल्दै नखुलेपछि सर्वसाधारणले नतिजा हेर्न नपाएका हुन्।
तीन ठाउँबाट मात्रै प्राथमिक शेयरको नतिजा हेर्ने व्यवस्था गरेपछि लगानीकर्ताहरूले यस्तो समस्या भोग्नुपरेको हो ।
कम्पनीमा आवेदन दिने १५ लाखभन्दा बढी लगानीकर्ताले एकै पटक साइट भिजिट गरेपछि ती साइटमा ट्राफिक लोड परेको छ। जसको कारण ती वेबसाइटले काम गरेका छैनन् ।
सिडिएससीले लगानीकर्ताको गोपनीयतालाई ध्यानमा राख्दै ३ वटा वेबसाइटबाट मात्र आईपीओ हेर्न मिल्ने व्यवस्था गरेको छ ।
लोकान्तर संवाददाता