नेकपाकी नेत्री रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै कमिलाको अन्तिम प्वाँख पलाएको टिप्पणी गरेकी छन् ।
शुक्रवार सामाजिक सञ्जाल फेसबूकमा लेख्दै झाँक्रीले भनेकी छन् – 'कमिलाको अन्तिम प्वाँख पलाएकै हो ।'
आजै ओलीले नेकपाको संसदीय दलका प्रमुख सचेतकबाट देव गुरुङलाई बर्खास्त गरी खोटाङबाट निर्वाचित विशाल भट्टराईलाई नियुक्त गरेका थिए ।
झाँक्रीले यही विषयलाई इंगित गर्दै कमिलाको प्वाँख पलाएको टिप्पणी गरेकी हुन् ।
लोकान्तर संवाददाता